२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुवा चिकित्सक संघद्धारा त्रिवि र केयु विरुद्ध संसदको स्वास्थ्य तथा शिक्षा समितिमा उजुरी

युवा चिकित्सक संघद्धारा त्रिवि र केयु विरुद्ध संसदको स्वास्थ्य तथा शिक्षा समितिमा उजुरी


काठमाडौं-युवा चिकित्सक संघ (वाइडिए)ले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय विरुद्ध संसदको स्वास्थ्य तथा शिक्षा समितिमा उजुरी हालेको छ । मंगलबार सिंहदरबारमा समितिकी सभापति जयपुरी घर्तिलाई भेटेर संघका अध्यक्ष डा. चेतन बस्नेतले उजुरी दिएका हुन् ।

युवा चिकित्सक संघले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट एमडी गरेर फर्केका विद्यार्थीलाई समकक्षता दिन आनाकानी गरेकोको विषयमा उजुरी दिएको छ । संघले नेपालबाट विश्वविद्यालय र अन्य सरोकारवाला संस्थाहरु सबैको प्रक्रिया पूरा गरेर विदेशमा एमडी गर्न गएका विद्यार्थीहरुलाई समक्षकता दिन आनाकानी गरेर भन्दैं यसले उनीहरुलाई सुपरिस्पेसियलिष्ट र पिएचडी गर्न समस्या भएको उजुरी हालेको छ ।

यस्तै, उसले नेपाल सरकार मातहतमा चलिरहेका विश्व विद्यालयहरु एकले अर्काे विश्वविद्यालयमा अध्यापन गराइरहेको अध्यापकहरुलाई नमान्ने र तह घटाउने गरेको कुरामा पनि उजुरी हालेको छ । युवा चिकित्सक संघले त्रिवि र केयुले प्रोफेसर र एसोसियट प्रोफेसर समान राखेको र त्यो भन्दा तलका केयुका शिक्षकलाई त्रिविले भेरिफिकेसन लिने गर्दा एक तह घटाउने वा मान्यता नदिने गरेको उजुरीमा जनाएको छ ।

यस्तै, युवा चिकित्सक संघले त्रिविले आफू अनुकूलका ब्यक्तिको भने पद घटबढ नगरेर भेरिफिकेसन गर्ने गरेको जनाइएको छ ।

अध्यक्ष डा. बस्नेतले आफूहरुको उजुरीमाथि सभापतिले बैठकमा छलफल गर्ने आश्वासन दिएको हेल्थआवाज डटकमलाई बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ