२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल

चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल


चीनले कोरोना संक्रमणको बढ्दो केसलाई मध्येनजर गर्दै ५ दिनभित्र एक अस्पताल निर्माण गरेको छ। कोरोना महामारी विरुद्ध लड्न १५ सय कोठा भएको अस्पतालको निर्माण कार्य शनिबार सम्पन्न गरेको हो।

समाचार एजेन्सी सिनुह्वाको अनुसार सो अस्पताल हुवेइ प्रान्तको नान्गोंगमा बनाइएको हो। राजधानी शिजियाझुआंगमा संक्रमणको कयौं केस देखिएपछि चीनले अघिल्लो वर्ष पनि छोटो अवधिमा एक अस्पताल बनाएको थियो।

चिनियाँ राष्ट्रीय स्वास्थ्य आयोगले हालै १ सय ३० केस पुष्टि भएको जनाएको छ। जसमध्ये ९० केस हुवेईको रहेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ