२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै

चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै


चीनले लागतार बढ्दो भाइरसको संक्रमणलाई ध्यानमा राख्दै कोरोना परीक्षणको रणनीतिमा केहि परिवर्तन गरेको छ। संक्रमितको पहिचान गर्न चीनले ‘ऐनल स्वाव टेस्ट’ अर्थात मलद्वारबाट कोरोना परीक्षण गरिरहेको छ।

यस परीक्षण प्रभावकारी र छिटो संक्रमितको  भएको चीनका विशेषज्ञहरु बताउँछन्।

अघिल्लो साता बेजिङ्गका अधिकारीहरुले संक्रमितको सम्पर्कमा आएकाहरुको मलद्वारबाट कोरोना परीक्षण गरेका थिए। यसै सन्दर्भमा सीसीटीभीको रिपोर्टमा भनिएको छ – ‘नाक र मुखबाट भन्दा मलद्वारबाट गरिएको परीक्षणको नतिजा छिटो आउने गर्छ। किनभने श्वासप्रश्वास प्रणालीको तुलनामा मलद्वारमा भाइरस धेरै समयसम्म रहन्छ।’

रिपोर्ट अनुसार स्वास्थ्यकर्मीहरु र क्वारेन्टाइनमा रहेकाहरुको एनल स्वाब टेस्ट गरिएको छ। यो तरिका प्राय सांघाई जस्तो कोरोनाको हटस्पट बनेको क्षेत्रमा गरिदै आएको छ। यस बाहेक मानिसको मुख र नाकको स्वावबाट नमूना पनि लिइदैछ। किनकी एनल स्वाबको तुलनामा यो आसान पद्धति हो।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ