२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ

सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ


यौन सन्तुष्टिबारेको शिक्षा दिंदा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउने सन्देश प्रभावकारी बनाउन मद्दत हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सङ्गठनका विज्ञहरुले गरेको अध्ययनले के देखाएको छ भने असुरक्षित यौन व्यवहारको जोखिमबारे सचेतना दिनुभन्दा यौन सन्तुष्टिबारे सिकाउने अभियानले अस्थायी साधन कन्डमको प्रयोग बढाएको छ।

विज्ञहरुका अनुसार जोखिमको डरभन्दा आनन्दको कुराले बढी स्वास्थ्यको लागि प्रेरित गर्छ। यस्तो गर्दा मानिसको यौनजीवन सुखमय र सुरक्षित दुवै हुने यस प्रतिवेदनका एक लेखकले बताएका छन्।

यौन र प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धि सेवाका निमित्त हरेक वर्ष अरबौं डलर खर्च भैरहेपनि कयौं यससम्बन्धि कार्यक्रमहरुले ती मुलभूत कारणमध्ये एक यौन व्यवहार आनन्दको लागि पनि हो भन्ने कुरा सम्बोधित नगर्ने बताइएको छ।

जनस्वास्थ्य विज्ञ  एनी फिलपोटले सन् २००४ मा ‘द प्लेजर प्रोजेक्ट’ स्थापना गरेकी थिइन्। उक्त संगठनले जसले डब्ल्यूएचओ टोलीसँग मिलेर काम गर्‍यो। एड्ससम्बन्धित कयौं बैठकहरूमा कसैले पनि यौन सम्बन्धका लागि मानिसहरूलाई उत्प्रेरणाबारे पहल नगरेको निराशापूर्ण परिणाम देखिएको थियो।

उनले भनेकी छिन्, ‘यौनका लागि आनन्द नै सबैभन्दा शक्तिशाली प्रेरणादायी कारक हो र अझै पनि यौन शिक्षा वा यौन-स्वास्थ्यमा त्यस्ता कुराहरु आएका छैनन् । यदि तपाईंले धेरैजसो मानिसहरूलाई ‘के तपाईंलाई दिएको यौन शिक्षाले तपाईंको सम्बन्ध र यौन जीवन राम्रो बनाउन सक्यो ? भनेर प्रश्न गर्दा जवाफमा उनीहरुले ‘छैन’ भन्नेछन्।

यौन सम्बन्ध सुरक्षित र रमाइलो हुन सक्छ। यो खुल्ला कुराकानी गर्ने र मानिसहरूलाई आत्मविश्वास दिने बारे हो।’ विश्वव्यापी रूपमाहरेक दिन १० लाख यौन प्रसारित रोगहरु देखिन्छन्। जसको अधिकांस केसमा संक्रमणको लक्षणहरू नै पाईदैन। यी संक्रमण रोक्न कन्डमको प्रयोग आवश्यक छ। यसले आवश्यक नभएको गर्भधारणलाई समेत रोक्न सक्छ।

यौन सम्बन्ध कायम राख्दा भावना र आश्वासन बढाउने किसिमका सन्देश प्रसारको साथमा आनन्दको अस्थायी साधनको रूपमा कन्डमलाई बजारीकरण गरिनु पर्ने विज्ञ एनीको भनाइ छ ।

उनीहरूले यौन संचारित संक्रमण र जोखिम न्यूनीकरणमा केन्द्रित भएका अन्य परियोजना भन्दा सुरक्षित यौन सन्देशसँगै आनन्द प्रवर्द्धन गर्ने ३३ परियोजनाहरू बढी सफल रहेको पाए । यौनको लागि स्वस्थ व्यवहार, आनन्द, इच्छाको साथसाथै सहमति, सुरक्षाको बारेमा सिकाउने नै आनन्दमा आधारित यौन शिक्षा कार्यक्रमको उद्देश्य हो।

प्लोस वन जर्नलमा प्रकाशित अनुसन्धानका सह-लेखिका संगठनकी डा लिआन गोन्साल्व्सले भनिन्, ‘यसको समीक्षाले एउटा सरल सन्देश दिन्छ: मानिसहरूले यौनसम्पर्क गर्ने कारणहरूलाई राम्रोसँग प्रतिबिम्बित गर्ने कार्यक्रमहरूले यौन स्वास्थ्यको राम्रो परिणामहरू दिन्छ।

‘प्रतिवेदनको निस्कर्षले यौन र प्रजनन स्वास्थ्य र अधिकार समुदायलाई सुरक्षित, सहमतिपूर्ण र आनन्ददायिक यौनसम्बन्धबारे शिक्षालाई प्राथमिकता दिन प्रेरित गर्ने आशा राखिएको छ।’

बीबीसीबाट


क्याटेगोरी : जनस्वास्थ्य, यौन स्वास्थ्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ