२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यन्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर

न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर


टोकियो-कोभिड-१९ विरुद्ध कम प्रतिरोधात्मक क्षमता र कमजोर वृद्धहरूको बढ्दो जनसङ्ख्याले जापानमा कोरोनाभाइरसको मृत्युदरमा वृद्धि भइरहेको छ । लामो समयदेखि केही कडा महामारी प्रतिबन्धहरू लगाएको जापानले हाल धेरै मृत्युहरू खेपिरहेको हो ।

कोभिड–१९ को सुरुवात तथा मध्य समयमा निकै कम मृत्यु भएको जापानमा सन् २०२२ को अन्त्यदेखि मृत्युदर उकालो लागिरहेको छ ।

हार्वर्ड विश्वविद्यालयको कोभिड डाटाबेस, अवर वर्ल्ड इन डाटाकाअनुसार जापानको मृत्युदरले बेलायत, अमेरिका र दक्षिण कोरियालाई उछिन्दै यस वर्षको जनवरी २० मा सर्वकालीन उच्चमा पुगेको छ ।

जापान २०२० देखि गत वर्षको मध्य जुनसम्म विदेशी पर्यटकका लागि कडा रूपमा बन्द गरिएको थियो । त्यसपश्चात् यात्रुहरू प्याकेज टुरको हिस्सा हुनुपर्ने, चिकित्सा बिमा किन्नुपर्ने र सबै सार्वजनिक स्थानहरूमा मास्क लगाउनुपर्नेजस्ता नियमहरू लागु गरेर जापानले सावधानीपूर्वक सिमानाहरू खोलेको थियो ।

प्रतिबन्धलाई लागु गर्दै स्कूलहरूले खाजाको समयमा कुराकानी गर्न प्रतिबन्ध लगाएको कारण केही स्कूलका विद्यार्थीहरूले दुई वर्षभन्दा बढी समय मौनतामा खाजा खाएका थिए ।

हाल प्रतिबन्धहरू खुकुलो भइसकेका छन् । तर, जापानका मानिसहरूको कोभिड–१९ प्रतिरोधात्मक क्षमता कम भएकाले सङ्क्रमण बढ्दै गएको हुन सक्ने स्थानीय स्वास्थ्य विज्ञहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीलाई बताएका छन् ।

‘उपचारद्वारा यी मृत्युहरूलाई रोक्न पनि गाह्रो छ,’ जापानका एक प्रमुख भाइरोलोजिस्ट हितोशी ओशितानी भन्छन्, ‘कोभिड मात्र ट्रिगर थियो ।

‘इम्युन–एस्केपिङ भेरियन्टहरू र सब–भेरियन्टहरूको उदय र रोग प्रतिरोधात्मक क्षमता घट्ने कारणले गर्दा सङ्क्रमण रोक्न गाह्रो भइरहेको छ,’ उनी थप्छन् ।

‘इम्युन एस्केपु भनेको जब मानव होस्टको प्रतिरक्षा प्रणाली सङ्क्रामक एजेन्ट विरुद्ध प्रतिक्रिया दिन असक्षम हुन्छ त्यो अवस्थालाई भनिन्छ ।

‘साना प्रिफेक्चर र ग्रामीण क्षेत्रहरूमा, वृद्ध जनसङ्ख्याको अनुपात राष्ट्रिय औसत भन्दा पनि उच्च छ । यो बदलिएको भौगोलिक ढाँचाले पनि मृत्युको बढ्दो प्रवृत्तिमा योगदान पु¥याउन सक्छ,’ उनले भने ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : अन्य, विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ