२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वपुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका

पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चर्च सेवामा देखा पर्दा उनको घाँटीमा दाग देखिएपछि उनी बिरामी हुनसक्ने अनुमान थपिएको छ । भ्लादिमिर पुटिन मस्कोको क्राइस्ट द सेभियरको क्याथेड्रलमा अर्थोडक्स इस्टर सेवामा रहँदा खिचिएको उनको तस्बिरका कारण उनको स्वास्थ्य अवस्था नराम्रो रहेको आशंका गरिएको हो ।

युक्रेनी समाचार आउटलेट डायलग डट यूएको रिपोर्टअनुसार तास समाचार एजेन्सीले खिचेको फोटोमा उनको घाँटीमा ‘एक अनौठो दाग’ देखाइएको छ । ‘उक्त दाग व्यापक छ,’ डायलगका एक पत्रकारले भने ।

उक्त दाग अंग्रेजीको जेडको आकारमा रहेको बताउँदै उनले उक्त अक्षर भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रतिक बनाएको जनाएका छन् ।

युक्रेनी राजनीतिज्ञ ओलेक्सी गोन्चरेन्कोले भने, ‘भ्लादिमिर पुटिनको मस्कोमा इस्टर सेवाको भ्रमणको अर्थ उनको स्वास्थ्यको बारेमा नयाँ कुरा नयाँ जोसका साथ फैलिनु हो ।’

‘उनी चर्चमा राम्रो स्वास्थ्य अवस्थामा देखिएका थिएनन्, उनी सर्न पनि निकै असहज तरिकाबाट सरेका थिए । त्यस्तै फोटोमा पनि उनको दाग स्पष्ट रुपमा देखिने गरी आएका छन्,’ओलेक्सी गोन्चरेन्कोले थपे । ‘सम्भवतः, उनी कुनै प्रकारको चिकित्सा प्रक्रियाबाट गुज्रिएको हुनुपर्छ,’ उनले भने, ‘सायद उनले फोक्सोको कृत्रिम भेन्टिलेसन वा अरू केहि गरे कि ।’

यसअघि सार्वजनिक भएको अमेरिकी गुप्तचर कागजातले भ्लादिमिर पुटिन गम्भीर रोगबाट पीडित रहेको दाबी गरेको थियो । यसअघि पनि भ्लादिमिर पुटिनलाई क्यान्सर, पार्किन्सन रोग वा दुवै रोग लागेको दाबी भएपछि रुसी राष्ट्रपतिको स्वास्थ्यको बारेमा पटक-पटक चर्चा भइसकेको छ । क्रेमलिनले बारम्बार भ्लादिमिर पुटिनको स्वास्थ्य राम्रो रहेकोमा जोड दिएको छ ।

रुसी राष्ट्रपतिले युक्रेनको कब्जामा रहेको खेरसन र लुहान्स्कको भ्रमण गर्दा यस्तो भएको क्रेमलिनले जनाएको छ ।

हिन्दुस्तान टाइम्सबाट भावानुवाद


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ