×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठप्रोफाइलकर्णालीकी एक्ली प्याथोलोजिष्ट

कर्णालीकी एक्ली प्याथोलोजिष्ट


झण्डै १८ लाख जनसंख्या भएको कर्णाली प्रदेशमा २ वर्षअघिसम्म विशेषज्ञ प्याथोलोजिष्ट नै थिएनन् । वि.सं. २०७५ मा पहिलो कन्सल्टेन्ट प्याथालोजिष्टका रुपमा सुर्खेत पुग्ने चिकित्सक थिइन्—डा. दिविका खड्का । काठमाडौंमा जन्मे, हुर्केकी उनका लागि त्यहाँका धेरै कुरा नयाँ थिए । त्यसबाहेक विशेषज्ञ प्याथालोजी सेवाको जग निर्माण अर्को चुनौती थियो ।

तर, उनी सुर्खेत पुगेपछि प्रादेशिक अस्पताल सुर्खेतमा विशेषज्ञस्तरको प्याथालोजी सेवा विस्तार भयो । विगत २ वर्षदेखि डा. दिविका कर्णालीवासीलाई विशेषज्ञ सेवा प्रदान गरिरहेकी छन् । अहिले कर्णाली प्रदेश अस्पतालको प्रयोगशालाबाट उनकै नेतृत्वमा हिस्टोप्याथोलोजीबाहेकका अरू सबै जाँचहरु हुन्छन् । हिस्टोप्याथोलोजीका लागि पनि उपकरणहरू आइपुगिसकेकाले यो सेवा पनि चाडै सुरू गर्ने उनको लक्ष्य छ । अहिले पनि डा. दिविका कर्णाली प्रदेशकी एकमात्र कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन् ।

काठमाडौंकी स्थायी बासिन्दा डा. खड्काले विराटनगरस्थित नोवेल मेडिकल कलेजबाट एमबीबीएस गरेकी हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनले छात्रवृत्तिमा प्याथोलोजीमा एमडी गरेकी छन् । विशेषज्ञता हासिल गरेसँगै उनका अगाडि थुप्रै अवसर थिए । कुनै ठूलो प्राज्ञिक संस्थामा बसेर शैक्षिक कार्यमा सक्रिय रहने र चिकित्सकीय अभ्यास सँगसँगै गर्ने ।

श्रीमान डा. रविन खड्कासँग डा. दिविका

सुरुका केही वर्ष यही सोचका साथ उनले चितवन मेडिकल कलेज (सीएसी)मा लेक्चररका रुपमा जागिर गरिन् । तर, बिरामीको सेवा उनको डाक्टरी अध्ययनको पहिलो चाहना थियो । त्यो पनि उनी पढ्दैंदेखि दुर्गममा बिरामीको सेवा गर्न चाहन्थिन् । भनिन्छ, कर्ममा डटिरहनेहरुका चाहना सजिलै पूरा हुन्छन् । चितवन मेडिकल कलेजमा अध्यापनमा सक्रिय रहँदारहँदैं उनलाई दुर्गम कर्णालीमा सेवा गर्ने संयोग जु¥यो ।

उनका श्रीमान कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. रवीन खड्काको सरुवा सुर्खेतमा भयो । श्रीमानको सरूवा सुर्खेत भएसँगै डा. दिविकालाई पनि त्यही गएर सेवा गर्न सहज भयो । ‘बुझदैं जाँदा सिंगो कर्णाली प्रदेशभरमा एकजना पनि प्याथोलोजिस्ट पनि रहेनछ,’ उनले हेल्थआवाजसँग भनिन्, ‘यो कुराले म अचम्मित भएँ साथसाथै दुःखी पनि ।’ त्यसले उनलाई झन कर्णालीमा आफ्नो आवश्यकता रहेको महसुुस भयो ।

डा. दिविकाले एक जना पनि प्याथालोजिष्ट नभएको कर्णालीमा आफू जाँदा कर्णालीवासीले नपाएको सेवा पाउने भएकाले त्यहाँका जान कम्मर कसिन् । ‘किन नजाने भनेर मनलाई दृढ बनाए,’ उनले भनिन्, ‘त्यसपछि श्रीमानसँगै कर्णाली जाने निर्णय गरेँ ।’ काठमाडौं र चितवनजस्ता सहरमा रमाइरहेकी उनका लागि कर्णालीको भूगोलमात्रै नयाँ थिएन्, त्यहाँका सबै कुरा नयाँ थिए । नयाँ ठाउँ, नयाँ परिवेश, ५० शैय्याको सानो अस्पताल र सिमित अग्रज र सहपाठी चिकित्सकहरूकाबीच प्याथोलोजी सेवा केही नयाँ थियो । त्यो सेवा पूर्ण सञ्चालनमा अइसकेको पनि थिएन । अस्पतालस्थित प्रयोगशालामा अधारभूत जाँचबाहेकका प्याथोलोजीका विशेष खाले जाँचहरू हुन्नथे । यस्तो अवस्थामा खास प्याथोलोजी सेवा शुन्यबाट सुरू गर्नुपर्ने स्थिति थियो ।

तर, डा. दिविकाले हिम्मत हारिनन् । अस्पताल प्रशासन र विकास समितिसँगको सहकार्यमा उनले हेमाटोलोजी र साइटोलोजीका जाँचहरूबाट सेवा सुरू गर्ने निक्र्यौल गरिन् । उनी पुगेको केही समयमै त्यहाँ यी सेवाहरु सुरु भए । जसबाट धेरै सेवाग्राहीले सेवा पनि पाइरहेका थिए । तर, बीचमा केही समय उनको पारिवारिक र कोभिडका कारणले सेवा अवरूद्ध भयो । तर, अहिले पुनः यी सेवाले निरन्तरता पाइरहेको छ । डा. दिविका अहिले सेवा थप विस्तार गर्ने उद्देश्यले हिस्टोप्याथोलोजीका लागि अवश्यक उपकरण र सामाग्री मगाएर सेवा सुरूवातको अन्तिम चरणमा छन् । ‘अब छिट्टै नै यो सेवा सुरु हुने छ,’ उनी ढुक्क सुनिइन् ।

वि.सं. २०७५ कार्तिकदेखि प्रदेश अस्पतालमा सेवा सुरु गरेकी डा. खड्का आउनुपूर्व कर्णाली प्रदेशभरी एक जना पनि प्याथोलोजिस्ट थिएन । र, सो विशेषज्ञ सेवा लिन बिरामीहरू अन्य सहर जानुपर्ने बाध्यता थियो । उनी कर्णाली पुगेपछि भने कर्णालीवासीले सुर्खेतमै यो सेवाबाट लाभान्वित भइरहेका छन् । कर्णालीका १० जिल्लाका बिरामी त छदैछन्, सुदूरपश्चिमको अछाम र डोटीका बिरामीहरु पनि यो सेवा सुर्खेतमै पाइरहेका छन् । डा. दिविका पनि सुर्खेतमै दुर्गम कर्णालीका नागरिकको स्वास्थ्य परीक्षण गर्ने कामको नेतृत्व गर्न पाएकोमा खुसी छन् ।

अहिले पनि कर्णालीमा बिरामीको चाप र जनसंख्या अनुरुप प्याथालोजिष्ट जनशक्ति पर्याप्त छैन् । प्याथोलोजी सेवा विकसित भएर अत्याधुनिक प्रविधिहरू आइसकेको अवस्थामा पनि कर्णाली प्रदेशमा अहिलेसम्म न्युनतम जाँचहरू मात्र भइरहेको हुनाले अझै पनि धेरै बिरामीहरू प्रदेश बाहिर जानुपर्ने अवस्था छ । ‘कर्णालीको भौगोलिक विकटताको बारेमा सबै जानकार नै छन्,’ उनी भन्छिन्, ‘यहाँ अस्पताल आइपुग्ने बिरामी प्रायः टाढाबाट आउने गरेको पाइन्छ । प्याथोलोजी सेवाका जाँचहरूको रिपोर्ट तयार गर्न न्यूनतम पनि २ देखि ३ दिन लाग्ने हुँदा बिरामीका लागि निकै झन्झटिलो छ ।’

यसबाहेक लामो समय प्याथोलोजीबिहिन चलिरहेको कर्णालीको स्वास्थ्य सेवामा अझै पनि यसको पूरापूर रूपमा उपयोग नभएको भन्ने अनुभूति पनि उनको छ । स्वास्थ्यकर्मीले पनि यसको महत्व नबुझेको हो कि भन्ने उनलाई लाग्छ । तर, यस्ता समस्या र चुनौतीहरू ढिलोचाडो हल भएर कर्णाली प्रदेशमा प्याथोलोजी सेवा अझै विकास र विस्तार हुँदै जानेमा उनी विश्वस्त छन् । त्यसका निम्ती सम्बन्धित निकाय सबै जिम्मेवार तवरले लाग्नुपर्नेमा उनको जोड छ । स्रोतसाधनका साथसाथै दक्ष जनशक्ति जुटाएर यो क्षेत्रलाई सबलीकरणमा लाग्नुपर्नेमा उनी बताउँछिन् ।

के हो प्याथालोजी सेवा

सामान्यतयाः प्याथोलोजी सेवा भनेर प्रयोगशालाका सम्पूर्ण सेवा बुझिने गरिन्छ । तर, यो आम बुझाइ गलत हो । प्याथोलोजी सेवा प्रयोगशाला सेवाअन्तर्गत पर्ने एक विभाग रहेको डा. दिविका बताउँछन् । योसँगै अरू माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीजस्ता विभागहरू ल्याव सेवाअन्तर्गत पर्छन् ।
कुनै प्याथोलोजिस्टबिहिन ल्यावले प्याथोलोजी सेवा दिने कुरा उल्लेख गर्छ भने यो गलत अभ्यास भएको र यसलाई सच्याउनु पर्नेमा उनको जोड छ । प्याथोलोजी सेवा रोग निदान गर्ने महत्वपूर्ण निदानात्मक विधालाई सामान्यतयाः तीन भागमा वर्गीकरण गरेर हेर्नुपर्ने उनी डा. दिविका बताउँछन् । उनकाअनुसार तीन भाग यसप्रकार छन् ः
१. हेमाटोलोजी रगत वा हाडको मासीको नमुनाको जाँच परिक्षण गरी रगत सम्बन्धि विभिन्न किसिमका रोगहरू जस्तै, रक्तअल्पता, रक्त क्यान्सर, शरीरमा भएका संक्रमणहरू निदान गर्ने विधि
२. साइटोलोजी शरिरका विभिन्न भाग, अंगका कोषिकाहरूको अध्ययन गरी रोग निदान गर्ने विधि
एफएनएसी जाँच सुइँको मद्दतबाट शरीरमा भएका गाठा गिर्खालगायत भित्री अंगहरू जस्तैः कलेजो, फोक्सोमा भएका खराबी, घाउबाट कोषिका तानी माइक्रोस्कोपमा हेरी रोग निदान गर्ने विधि । यो जाँचको मुख्य उद्देश्य रोगको किसिम (संक्रमण, ट्युमर, क्यान्सर) पत्ता लगाएर थप निदान र उपचारलाई मार्गनिर्देश गर्नु हो ।
३. सर्भाइकल प्याप स्मीयर विश्वव्यापी रूपमै सर्वाधिक सफल मानिएको स्क्रिनिङ जाँच : जसले पाठेघरको मुखको क्यान्सर भइसकेको वा सुरूवाती चरणमा रहेको देखाइ त्यसको उपचारमा सहयोग पु¥याउँछ ।
फ्लुड साइटोलोजी शरीरका विभिन्न भागमा जमेको पानी जस्तै टाउको, फोक्सो, पेटमा जमेको पानीको जाँच गरी रोग निदानमा सहयोग गर्दछ ।
४. हिस्टो प्याथोलोजी यसमा शरिरका विभिन्न् भाग अंगको आंशिक वा पुरै नमुना निकाली जाच गर्ने विधि, जसलाइ सामान्यतया बायोप्सी भनेर बुझिन्छ र यो जाँच धेरै रोगहरूका निदानका लागि गोल्ड स्टान्डर्ड मानिन्छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)