२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारराप्ती प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी भन्छिन्, ‘उहाँको सातपुस्ते त निकालेका छैनौं नि’

राप्ती प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी भन्छिन्, ‘उहाँको सातपुस्ते त निकालेका छैनौं नि’


प्रा.डा. संगीता भण्डारी, उपकुलपती, राप्ती प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा नआउँदैं त्यहाँका पदाधिकारीहरुमा विवादमा तानिदैं आएका छन् । कहिले उपकुलपतिलाई सरकारले बर्खास्त गर्छ, अदालतले अन्तरिम आदेश दिएर रोकिदिन्छ। कहिले उपकुलपति आफै अन्य पदाधिकारी निलम्बन र बर्खास्ती गरेको पत्रपत्रिकामा सूचना प्रकाशित गर्छिन् । पछिल्लो समय पूर्व डिन तथा कार्यवाहक निर्देशक प्रा.डा. ऋतु शर्मा बराललाई फोटो सहित कार्यबाहक निर्देशकबाट हटाइएको र बरबुझारथ गर्न आउनु भनी निकालिएको सूचनाले स्वास्थ्य क्षेत्रमा निकै चर्चा पायो । सोही विषयमा उपकुलपति प्रा.डा. संगीता भण्डारीसँग गरिएको कुराकानीः

 

डा. ऋतु शर्मा बरालबारे दुई पटक बरबुझारथ सूचना र पछि बर्खास्तगीको सूचना निकाल्नुभएछ ? उहाँ बरबुझारथ गर्न आउनुभएन ?

छैन्, आएकै छैन । हामीले धेरै चोटि पत्राचार गरेका हौं, यसभन्दाअघि पनि कान्तिपुरमा सूचना निकालिसकेका छौं ।

 

उहाँ (डा. ऋतु शर्मा बराल)ले लग्नुभएको सामनाहरु के–के हो ?
उहाँसँग क्वार्टर छ, शैक्षिक तथा प्रशासनिक सामाग्रीहरु छन् । आफू बस्दाखेरि निकालेको रिजल्टदेखि सबै दस्तावेजहरु हुन्छन्, अरु प्रतिष्ठानसँग सम्बन्धित दस्तावेजहरु पनि होलान् । पर्पर ह्याण्डओभर हुनुपर्‍यो ।

 

भनेपछि पर्पर ह्याण्डओभर उहाँले गर्नुभएको छैन् ?
छैन् । ल्यापटप पनि लानुभएको छ, त्यो पनि ह्याण्डओभर गर्नुभएको छैन्, ल्यापटप भनेको ठूलो कुरा होइन् । तर, सूचना त दिनुपर्‍यो नि । उहाँले प्रतिष्ठानसँग लिनुपर्ने केही छ भनेपनि लिनुपर्‍यो । हरहिसाब भनेको दोहोरो हुन्छ, उहाँले लिनुपर्ने पनि प्रतिष्ठानले दिन्छ । उहाँको पनि हरहिसाब हुनुपर्‍यो, उहाँको पनि सबै कुरा ह्याण्डओभर हुनैपर्छ । उहाँ गएपछि फर्केर नै आउनुभएको छैन् ।

 

तपाईहरुले फोटो नै सार्वजनिक सूचनामा छापिदिएपछि अलि विवाद देखिएको थियो नि है ?
पत्राचार हजार चोटि गर्दाखेरि पनि उहाँ बाहिर–बाहिर बोल्दैं हिड्ने, प्रतिष्ठानको बदनाम गर्दै हिड्ने, प्रतिष्ठानको बारेमा जथाभावी गर्ने । हामीले त आउ बरबुझारथ गरेर जाउ भनेको हो, अरु त केही पनि भनेको छैन् । प्रतिष्ठानको नियम मान्नुपर्दैन् ? प्रतिष्ठानले १० चोटि बरबुझारथ गरभन्दा पनि नमान्ने अनि बाहिर मिडियामा जथाभावी बोल्दै हिड्ने ? प्रक्रिया पूरा नगरेपछि प्रतिष्ठानले आफ्नो कामकारवाही अगाडि बढाएर फोटो त निकालिहाल्छ । अस्ति भर्खरमात्रै विपी प्रतिष्ठानले डा. पुरुको फोटो निकालेको छैन् । केही वर्षअघि पनि विपी प्रतिष्ठानले ४–५ जना डाक्टरहरुको सात पुस्तासहित निकालेको छ । त्यो त चलनै हो, प्रक्रिया पूरा नगरेपछि फोटो निकाल्नुपर्‍यो । हामीले त बरु उहाँको सातपुस्ते निकालेको छैनौं । उहाँले मैले ल्यापटप नै लगेको छैन भनेर भन्नुभएको छ, हामी सबैलाई उहाँले ल्यापटप कुन सिरियल नम्बरको लगेको भन्ने पनि थाहा छ । मैले ल्यापटप लगेको छैन् भन्ने गैरजिम्मेवार जवाफ पठाइदिएर प्रतिष्ठानले मान्छ ?

 

उहाँले त केही लगेको छैन् भन्नुहुन्छ त ?
हामीसँग उहाँले लगेको सबै प्रमाण नै छ । उहाँहरुले बुझाएको हो भने कसलाई बुझाएको हो भन्नुपर्‍यो । हामी चारजना काठमाडौं सँगै गएको, उनले ल्यापटप बोकेर लगेको हामीले देखेका छौं, त्यसपछि उहाँ फर्केर आउनुभएको छैन । उहाँले कसलाई बुझाउनुभयो भन्नुपर्‍यो । उहाँले काम गर्नुहुन्छ भनेर प्रतिष्ठानको वेष्ट ल्यापटप नै हामीले उहाँलाई दिएका हौं । हामीसँग सबै रेकर्ड छ ।

 

तपाईंहरुले उहाँलाई स्पष्टीकरण पनि सोध्नुभएको थियो ?
चार पाँचवटा स्पष्टीकरण सोधिसकेका छौं ।

 

भनेपछि, उहाँले एउटा पनि स्पष्टीकरण दिनुभएको छैन् ?
होइन्, उहाँले मैले ल्यापटप लगेकै छैन्, लगेको छ भने देखाउ भन्नुभएको छ, हामी देखाइदिन्छौं, मिडियालाई देखाउने कुरा त भएन । भोलि कानुनी रुपमा देखाउनपर्‍यो भने कुन सिरियल नम्बरको ल्यापटप उहाँले लग्नुभएको हो, त्यो प्रमाण हामीसँग छ । निहुँ खोजेर सुल्झिने कुरा हो ? प्रतिष्ठानले बकाइदा आफ्नो रेकर्डमा राखेको छ । हाम्रो अगाडि लगेर गएको, म उहाँलाई चाहिन्छ भने सिसिटिभी क्यामराको फुटेज पनि उहाँलाई देखाइदिन्छु । हामी एउटै फ्लाइटमा काठमाडौं गएका हौं, ल्यापटप बोकेर हामीसँग हिडेको देखेकी छु । त्यसपछि उहाँ फर्केर आउनुभएन्, ६ हप्ता जति गायब हुनुभयो । फर्केर नआएको मान्छे कसलाई बुझाउनुभयो, जानकारी दिनुपर्‍यो ।

 

स्पष्टीकरण ल्यापटपको विषयमा मात्रै थियो कि अन्य विषयमा पनि सोध्नुभएको थियो ?
स्पष्टीकरण होइन्, हामीले त बरबुझारथ गर्नुहोस भनेको हो । लामो समयसम्म गायब भएपछि किन आउनुभएन भनेर सोधियो, नआएपछि नियमअनुसार बरबुझारथ गर्नुहोस् भनेर भनेका हौं । राजीनामा नै गरेको हो भनेपनि आफ्नो जिम्मेवारी ह्याण्डओभर गरेर जानुपर्‍यो । उहाँले प्राध्यापकको नियुक्ति लिनुभएको छ, प्रतिष्ठानको नियमअनुसार प्राध्यापकको नियुक्ति लिएपछि एक महिनाको अग्रिम नोटिस दिनुपर्छ । नोटिस दिएपछि हामीले त्यहीअनुसार एक महिनाको तलब काट्नुपर्छ । प्रक्रिया ठूलो कुरा हो, पैसा ठूलो कुरा होइन् । क्लियरेन्स त सबैले लिनुपर्‍यो । सुरुमा त मौखिम रुपमै हाम्रो रजिष्ट्रारले तीन/चार पटक त फोन गरेरै म्याडम आएर प्रक्रिया पुर्‍याइदिनुहोस भन्नुभएको छ । तपाईंको गुनासो केही छ भने पनि लिखित रुपमा दिनुहोस, बरबुझारथ पनि गर्नहोस्, लिनुपर्ने पनि लिनुहोस्, प्रतिष्ठानलाई बुझाउने पनि बुझाइदिनुहोस भन्यौं । उहाँले त्यसको रेस्पोन्स नै गर्नुभएन । एक पटक उहाँले ल्यापटप लिएको छैन् भनेर पत्र पठाउनुभयो, हामीले फेरि स्टोरसँग भेरिफाइ गर्‍यौं । रेकर्डमा उहाँले लगेको देखिन्छ ।

 

लिखित नै छ त उहाँले ल्याटपट लिएको कुरा ?
हाम्रो बायोमेडिकल इन्जिनियरलाई फोन गरेर मैले लिन त लिएकी छु, तर यस्तो लेखिसके अब के गर्ने भनेर भन्दै हुनुहुन्थ्यो रे । लिखित रुपमै लिएको छैन भनेर लेखिसेकपछि उहाँ त अप्ठ्यारोमा पर्नुभयो । त्यस्तो लेखिसकेपछि हामीले त प्रमाणहरु संकलन गर्‍यौं, स्टोरले भन्छ, हयुमेन्ट्रीले भन्छ, सिरियल नम्बर छ । उहाँसँग फ्लाइटमा उडेका चार जना मान्छेले आफ्नै आँखाले देखेका छन् । कि त उहाँले कसलाई बुझाउनुभयो भन्नुपर्‍यो ।

 

अब विवाद कसरी समाधान हुन्छ त ?
कसैले पनि प्रतिष्ठान छोड्न पाउँछ, अर्को ठाउँ जान पनि पाउँछ । तर, म उपकुलपतिले पनि भोलि जाँदा क्लिरेन्स गरेर जानुपर्छ । बिना सूचना गायब भएपछि त प्रतिष्ठानले खोज्नुपरेन ।

 

बिना सूचना कति समय गायब हुनुभयो ?
बीचमा एक पटक ६ हप्ता गायब हुनुभयो, त्यसपछि फेरि गायब हुनुभयो । बीचमा एक पटक आउनुभयो, हस्पिटलबाट राजीनामा गर्छु, डिन खान्छु भन्नुभयो, मैले हुन्छ भने । पहिले डिन खानुभयो, फेरि डाइरेक्टर खान्छु भन्नुभयो । डाइरेक्टर दियौं, त्यसपछि फेरि गायब हुन थाल्नुभयो । छोड्नुभन्दा एक महिना अगाडि मलाई आफैले काठमाडौंबाट फोन गर्नुभयो । अनि, मैले तपाईले एउटा निचोड दिनुपर्‍यो बस्ने कि नबस्ने भनेपछि होइन् संगीता मलाई गाह्रो पनि भयो, म पाठ्यक्रम डेभलप गर्छु, म फेरि डिन खान्छु भन्नुभयो । ल ठीकै भनेर उहाँलाई डाइरेक्टरबाट राजीनामा गराएर फेरि डिन पनि दिए । डिन दिएको एक महिनामा फेरि उहाँ गायब हुनुभयो । यो तरिका त भएन । उहाँले जे जे खाने तीन चोटि दिइसकेका छौं, तीन चोटि राजीनामा गरिसक्नुभएको छ । यो त सिरियसनेश भएन । गाह्रो छ, दुर्गम क्षेत्र, सुरुवाती चरण छ्, हामी सबैले बुझेका छौं । विपी प्रतिष्ठानजस्तो स्थापित त संस्था त होइन् । त्यो भएकाले फ्रस्टेशन होला तर एउटा डिग्नीफाइड वयमा जानुपर्छ । प्रतिष्ठानको नियमअनुसार मैले असुल उपर गरिन भने त भोलि मलाई बेरुज लागिहाल्छ । उहाँले क्लिरेन्स नै लिएको छैन् भने उहाँले त आफ्नो जिम्मेवारी नै पूरा गर्नुभएको छैन् ।

 

भनेपछि अब उहाँले क्लियरेन्स गरिदिनुपर्छ ?
हो, यो ठूलो कुरै छैन् । हिसाब, किताब, बरबुझारथ साइन गराएर हिडे भैहाल्यो । यो त प्रोफेसर जागिर छाड्दा पनि गर्नुपर्छ । उहाँले नै कतिको क्लियरेन्स गराइसक्नुभएको छ, उहाँलाई त झन नियम थाहा छ । कुनै पनि जागिर छाड्दाखेरि आफूले प्रयोग सबै कुरा छोडेर जानुपर्‍यो । हामीले बरबुझारथ र हिसाब किताब गर्नुहोस्, तपाईको लिने पनि लिनुहोस र हामीलाई दिने पनि दिनुहोस भनेका छौं । अरु हामीलाई उहाँसँग केही पनि छैन् । प्रतिष्ठानले उहाँलाई दिनुपर्नेछ भनेपनि दिनुपर्छ । कहिलेकाही हिसाब गर्दाखेरि उहाँको तलब पनि बढी हुन सक्छ । त्यसकारण हामीले हरहिसाब र बरबुझारथ भनेका छौं । नत्र त हामीले असुर उपर गर्नैपर्छ ।

 

यो पनि पढ्नुहोस : 

राप्ती प्रतिष्ठानबाट बर्खास्त गरिएकी प्रा.डा. ऋतु बराल भन्छिन, ‘मलाई राजनीति गाँसेर टार्गेट बनाइयो’


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ