२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराट आँखामा अत्याधुनिक उपकरण, जापनिज प्रविधिबाट रेटिनाको शल्यक्रिया

विराट आँखामा अत्याधुनिक उपकरण, जापनिज प्रविधिबाट रेटिनाको शल्यक्रिया


विराटनगर–विराटनगरको रोडशेष चौकस्थित विराट आँखा अस्पतालले अत्याधुनिक उपरण जडान गरि नयाँ प्रविधिबाट आँखाको पर्दामा हुने रेटिनाको उपचार सुरु गरेको छ । अस्पतालले मेडिकल र सर्जीकल रेटिनाको सेवा विस्तार गरि नयाँ प्रविधिबाट आाँखाको उपचार सुरू गरेको हो ।

रेटिनाको अपरेसका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा सुरु गरिएको अस्पतालका संचालक राजेश प्रसाइले जानकारी दिए । आँखाको रेटिनाको शल्यक्रिया गर्नेहरुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता अत्य भएको उनले बताए । रेटिनाको उपचार जापनिज तथा अमेरिकन कम्प्यूटराइज प्रविधिबाट उपचार गरिन्छ ।

‘यस प्रविधिबाट लेजर गर्दा एकै पटकमा विरामीको लेजर गर्न सकिन्छ,’ उनले भने । अस्पतालले रेटिनाका विरामीका लागि आइएनजे सेवा पनि सुरु गरेको छ । ‘यो सेवा काठमाडौंपछिको पहिलो अत्याधुनिक सेवा हो,’ उनले भने, ‘रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट चिकित्सवहरूले सेवा दिनेछन् ।’ उक्त अस्पतालमा दैनिक २० देखि ३० जना रेटिनाका विरामीहरू आउने गरेको संचालक प्रसाइले जानकारी दिए । रेटिना रोग विशेषयज्ञ डा. अनादी खत्रीले रेटिनाको उपचार गर्दै आएका छन् ।

आँखाको रेटिनाको पर्दामा आउने समस्या नेत्रज्योती गुम्ने प्रमुख कारणको रुपमा रहेको भन्दै त्यसको उपचारका लागि विराट आँखा अस्पतालले आधुनिक उपचार सेवा विस्तार गरेको बताइन्छ । नयाँ प्रविधि विस्तारपछि ‘डि’ वा ‘रसायन’को प्रयोग नगरी रेटिनाको जाँच गर्न सकिन्छ भने रेटिना सम्बन्धी ९० प्रतिशत (भास्कुलर डिजिज) रोगहरुको पहिचान गर्न सकिने अबस्थामा अस्पताल स्तरोन्नती भएको सञ्चालक प्रसाईको भनाई छ ।

अध्ययनहरुले उच्च रक्तचाप र मधुमेहको समस्या भएका प्रत्येक ८ मध्ये एक जनामा रेटिना सम्वन्धीे समस्या हुने देखाएका छन् । ती मध्ये पनि करिव ८० प्रतिशत बिरामी मधुमेहका हुन्छन् । मधुमेह भएको १५ वर्षभित्र कुनैपनि बेला ‘डाइवेटिक रेटिनोपेथी’ अर्थात पर्दामा हुने समस्या देखापर्ने गरेको डाक्टर अनादी खत्रीले जानकारी दिए । यसैगरी अस्पतालले प्रदेश १ मै पहिलो पटक जापानिज तथा अमेरिकन पास्कल लेजर प्रयोग गरेर रेटिनाको लेजर गर्न सुरु गरेको जनाएको छ । यो प्रविधिबाट एकै पटकमा धेरै जना विरामीको लेजर गर्न सकिने र बिरामीले तीन चार दिन धाउनु पर्ने वाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ ।

उच्च रक्तचाप, मधुमेह, गर्भावस्थामा देखापर्ने समस्या र बालबालिकाहरुमा विभिन्न कारणले आँखाको रेटिनामा समस्या पर्ने भएकोले अन्धोपन न्यूनीकरणकालागि वालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र फिजिसियनहरुबीचको समन्वयमा आँखाको उपचारलाई प्रभावकारी बनाउनु पर्ने बताइएको छ ।

वर्षमा १६ हजार विरामीको शल्यक्रिया
अस्पतालले वार्षिक करिब १ लाख बिरामीलाई ओपिडी सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ । तुलनात्मक रुपमा रेटिनाको अपरेसन महँगो हुन्छ । देशभरमा करिब ३५ ओटा आँखा अस्पताल रहेकोमा यस्तो सेवा थोरै आँखा अस्पतालमा मात्रै रहेको छ । यसबाट १ नम्बर प्रदेशका मात्रै नभएर भारतको बिहार लगायतका क्षेत्रबाट आउने बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ ।

भारतमा भन्दा नेपालमा तीन गुणा सस्तोमा आँखा उपचार हुने अस्पतालले जनाएको छ । अस्पतालले उक्त नयाँ सेवा विस्तारका लागि ३ करोड बढीे लागतमा मेसिन जडान गरेको छ । यस अस्पताल २०६८ साल फागुन ७ गेतदेखि संचालनमा आएको हो । अस्पतालले अहिले विना सूई मोतिबिन्दुको शल्यक्रिया र आँखाको पर्दासम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ