२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमोहन वैद्यलाई भेट्न नर्भिक पुगे दाहाल

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे दाहाल


काठमाडौं—दमको समस्या बढेपछि उपचार गराइरहेका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन् ।

आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरुलाई भेट्न दाहाल नर्भिक अस्पताल पुगेका हुन् ।

उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा दाहाललाई जानकारी गराएका थिए ।

सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । दाहाल नर्भिक अस्पतालमा करिब २० मिनेट बसेका थिए ।दाहालसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ