२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’

स्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न महाशाखा र शाखाका १७ जना कर्मचारी कार्यलय समयमा कार्यकक्षमा नरहेको पाइएको छ । सोमबार स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विहान ११ बजेतिर कार्यलय समयमा छडके निरिक्षण गरेका थिए ।

‘११ बजेतिर मन्त्रालयमा सचिवले छडके गर्दा विभिन्न महाशाखा र शाखा १७ जना कर्मचारी कार्यकक्षमा नभेटिएनन्,’ मन्त्रालयको प्रशासन शाखा स्रोतले भन्यो ।

कार्यकक्षमा अनुपस्थित रहेका मन्त्रालयका कतिपय कार्यलयमै भएर पनि बाहिर रहेको र कतिपय काजमा रहेको पनि पाइएको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन महाशाखा प्रमुख इन्द्र पोखरेलले छड्केमा १७ जना परेको र उनीहरुलाई स्पष्टीकरण पेश गर्न भनिएको जानकारी दिए ।

‘उहाँहरु कार्यलय समयमा कार्यकक्षमा भेटिनुभएन,’ उनले भने, ‘कार्यकक्षमा नभेटिएका विषयमा सबैलाई एक दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ