जुम्ला–स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायत पदाधिकारीमाथि कामकाज गर्न रोक लगाएको निर्णयको विरुद्धमा प्रतिष्ठानका चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारी विज्ञप्ती जारी गरेका छन् ।
मन्त्रालयको निर्णय विरुद्ध प्रतिष्ठानका विभिन्न विभागअन्तर्गत कार्यरत ८८ जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी, प्रशासनका कर्मचारीले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
उनीहरुले २३ कार्तिकमा मन्त्रीस्तरीय निर्णय गरी काम काज रोक्न भनिएको विषय भर्खरै एमबीबीएस, बीएनएस, बीफर्मालगायतका अन्य शैक्षिक कार्यक्रम संचालन हुने अन्तिम चरणमा पुगेका बेला राजनीतिक दाउपेज र राज्यबाट भइरहेको हस्तक्षेपका कारण प्रतिष्ठानलाई अगाडि बढ्न नदिन गरिएको सुनियोजित षड्यन्त्र रुपमा लिएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा पदाधिकारीविहिन बनाएर सुरु हुन लागेका कार्यक्रमलाई प्रभावित बनाउन पूर्वाद्धमा निम्त्याइएको अस्थिरताले भर्खरै हुर्कदै बढ्दै गइरहेको संस्थालाई धरासायी बनाउने खेल खेदजनक रहेको समेत उल्लेख गरेका छन् ।
विज्ञप्तीमा यस्ता चलखेलको शिकार प्रतिष्ठानको महत्वकांक्षी वहुवर्षीय आयोजना साथै दैनिक कामकाजहरुमा समेत प्रभावित हुने बताइएको छ ।
‘प्रतिष्ठानका कामकाज रोग लगाइएको प्रति ध्यानाकर्षण भएको र स्वास्थ्य मन्त्रालयले गरेको निर्णयको कारणले प्रतिष्ठानको भविष्यमाथि नै खेलवाड भएको हुँदा हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु उक्त कार्यप्रति घोर भत्र्सना गर्दर्छौ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस किसिमका गैर जिम्मेवारीपूर्ण हस्तक्षेप तत्काल बन्द गरी प्रतिष्ठानलाई सही दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाइमा पु¥याउन हुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’
मन्त्रालयको निर्णय तत्काल नसच्चिए संघर्षका कार्यक्रमसहित अगाडि आउने उल्लेख गरिएको छ ।