२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४३५ जनामा कोभिड-१९ संक्रमण, २३९ जना संक्रमणमुक्त

नेपालमा थप ४३५ जनामा कोभिड-१९ संक्रमण, २३९ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४ सय ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ३० हजार २ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय २९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार १ सय ७६ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ