२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमितको संख्या बढ्दै, एकै दिन ९६८ जनामा संक्रमण पुष्टि

कोभिड संक्रमितको संख्या बढ्दै, एकै दिन ९६८ जनामा संक्रमण पुष्टि


काठमाडौँ – नेपालमा कोभिड-१९ संक्रमण निरन्तर उकालो लाग्न थालेको छ। बिहिबार ५ सय ४० जनामा संक्रमण देखिएकोमा शुक्रबार ९६८ जनामा कोभिड पोजेटिभ देखिएको छ।

यस्तै, बुधबार ४ सय ३५ जनामा संक्रमण देखिएको थियो।

पछिल्लो केहि सातामा कोभिडको संख्या २ सयदेखि ३ सयकोबीचमा रहँदै आएको थियो। तर, दक्षिण मुलक भारतमा कोभिड संक्रमण पुन: उकालो लागेसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म कोभिड संक्रमणमुक्त हुने संख्या ८ लाख १३ हजार ७ सय ९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको छैन। नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ