२०८२ असार १, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभूकम्पका तीन जना घाइते भेरी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’

भूकम्पका तीन जना घाइते भेरी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’


नेपालगन्ज—नेपालगन्ज भेरी अस्पताल उपचाररत जाजरकोट भूकम्पका तीन जना घाइतेलाई त्रिवि शिक्षण अस्पताल रिफर गरिएको छ । बुधबार अस्पतालले भेरी उपचार हुन नसक्ने तीन जना घाइतेलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो ।

अस्पतालकाअनुसार रिफर हुनेमा सल्यान बनगाड कुभिन्डे—२ का ३२ वर्षीय मोहन विष्ट, जाजरकोट नलगाड—२ की १६ वर्षीया जुना विष्ट र रुकुम पश्चिम सानीभेरी—१ का २६ वर्षीय धनसिंह रावल रहेका छन् । उनीहरु तीनै जनालाई नै हवाईजहाजमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको हो ।

तीनै जनाको मिर्गौलामा समस्या देखिएछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ ।

गत शुक्रबार राति ११ः४६ मिनेटमा जाजरकोटमा भूकम्प गएसँगै बाँकेको भेरी अस्पताललाई डेडिकेटेड अस्पतालका बनाइएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ