२०८२ असार ११, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल

आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल


काठमाडौं—आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले आयुर्वेदिक औषधिमा भ्याट नलगाएको बताएका छन् । बुधबार सिंहदबारमा अर्थ समितिको बैठकमा बोल्दैं महानिर्देशक दाहालले औषधिजन्य र अन्य अत्यावश्यक वस्तुमा कर छुट दिने नीतिअनुरुप नै दरका रेटमा केही परिवर्तन भएको बताए ।

उनले आयुर्वेदिक औषधिमा नयाँ कर नलगाइएको र विगतका वर्षमा लिइदैं आएको करलाई मात्रै निरन्तरता दिइएको बताए ।

‘अहिले आयुर्वेदिक औषधिमा भ्याट लगाएको भन्ने कुरामा कुनै सत्यता छैन। आयुर्वेदिक औषधिको करका दरमा कुनै परिवर्तन गरिएको छैन्,’ महानिर्देशक दाहालले भने, ‘विगतदेखि लागेको कुरालाई निरन्तरता मात्र दिएको हो। अत्यावश्यक वस्तुमा कर छुट दिने राज्यको नीति नै छ।’

उनले त्यहीअनुरुप नै आफूहरुले आन्तरिक उत्पादनलाई बढावा दिन र यस्ता औषधीजन्य र अन्य अत्यावश्यक वस्तुमा कर छुट दिने नीतिअनुरुप नै दरका रेटमा केही परिवर्तनहरु गरेको जानकारी दिए । उनले बजेटमा स्थानीय उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने हिसाबले छुर्पी, रुद्राक्षलगायतमा लाग्ने करसमेत खारेज गरिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ