२०८२ कात्तिक २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं

आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं


काठमाडौं—२२ र २१ कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैंछ । सरकारले बिहीबार र शुक्रबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याम्प्सुल खुवाइदैंछ।

६ र ७ फागुनमै एक वर्षदेखि पाँच वर्षसम्मका ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । सोही दिन ६ देखि २३ महिनासम्मका बालबालिकालाई बालभिटासमेत खुवाइदैंछ ।

कार्यक्रमका ७५३ वटै स्थानीय तह लाख भिटामिन ‘ए’ क्याप्सुल र जुका औषधी खुवाउने कार्यक्रम सम्पन्न हुनेछ ।

 

राष्ट्रिय भिटामिन ए कार्यक्रमका लागि १५ हजार स्वास्थ्यकर्मी ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन्। प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।

बालबालिकामा हुने स्वास्थ्य जोखिम र कुपोषणलाई न्यूनीकरण गर्नका लागि सरकारले वि.सं. २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रमलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको छ ।

जुकाको औषधी भने वि.सं. २०५६ सालदेखि खुवाउन थालिएको हो । प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधी पहिलो चरणमा बैशाखमा र दोस्रो चरणमा कात्तिकमा खुवाउने गरिएको छ ।

वि.सं. २०६४ बाट ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा (सुक्ष्म पोषक तत्व० वितरण गरिदैं आइएको छ ।

फाेटाे फिचर:

मध्यपुर ठिमी नगरपालिका भक्तपुर ९ बोडे स्वस्थ्य चौकिमा भिटामिन A तथा जुकाको औसधि खुवाउदै


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ