२०८२ पुस ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी

नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा काठमाडौं, ललितपुर र काभ्रेको धुलिखेलमा मतदान जारी छ । शुक्रबार विहान ९ बजेदेखि काउन्सिलको काठमाडौं, ललितपुर र धुलिखेलस्थित मतदान केन्द्रमा मतदान जारी रहेको छ ।

काउन्सिलले उपत्यकामा शुक्रबार र शनिबार मतदानको समय तोकेको छ भने काभ्रेको धुलिखेलमा शुक्रबार मात्रै मतदान हुने प्रमुख निर्वाचन अधिकृत प्रा.डा. रविन्द्रमान श्रेष्ठले जानकारी दिए ।

काउन्सिलको निर्वाचनको मतदान काठमाडौं उपत्यकामा प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह र ललितपुरको जावलाखेलस्थित बृहस्पति सदन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ । यस्तै, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय इन्टरनेशनल सेन्टरमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।

उपत्यका बाहिरका केन्द्रहरुमा भने यसअघि नै मतदान भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ