२०८२ पुस १४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ?

नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ?

उपाध्यक्षमा डा. गुणशरण साहको अग्रता, पछ्याउँदैं डा. कुन्जाङ शेर्पा


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म उपत्यकाबाहिरको ५६०० मत गणना भएको छ ।

हेल्थआवाजलाई प्राप्त मतगणनाको अपडेटअनुसार डा. गुणशरण साहले उपाध्यक्षमा अग्रता बनाएका छन् । उनी २४१० मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. कुन्जाङ शेर्पाले २१३४ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले ८२७ मत पाएका छन् ।

यसैगरी, सदस्यहरुमा डा. सारिका गोइतले २४६३ मत, डा. छवि पन्थीले २४१५ मत, योबिन कुमार यादवले २०४९ मत, डा. दिपेन्द्र पाण्डेले १८१८ मत, डा. सम्राट पराजुलीले १७९४ मत, डा. रबिन बस्नेतले १४९५ मत, सरोजकुमार साहले १४६५ मत, डा. उज्जव ठाकुर १४६० मत पाएका छन् ।

यसैगरी, डा. घनश्याम पाण्डेले १४३९ मत, डा. कुम्भराज जोशीले १४३४ मत, डा. अस्मिता पोखरेल १४३१ मत, डा. निना राई १२०४ मत र डा. सरोजकुमार गोहियारले ११६९ मत पाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ