२०८२ पुस १४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री लेखक

लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री लेखक


काठमाडौं—पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले लामो समय अक्सिजन बिना आमालाई राख्नुपर्दा केही दिनमै निधन भएको बताएका छन् । सोमबार भदौ २२ र २३ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा लिखित बयान दिएका लेखकले प्रदर्शनकारीको आक्रमणबाट जोगाउन बिरामी आमालाई अक्जिनबिना राख्नु परेको बताएका छन् ।

‘भाद्र २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन मेरो वृद्ध र अक्सिजन लिइरहनुपर्ने सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजनबिना नै राखी अस्पताल पुऱ्याउनु परेको कारणले केही दिनपछि दिवंगत हुनुभयो,’ लेखकले भनेका छन् ।

उनले जेनजी आन्दोलनका क्रममा आफ्नो घरलगायत निजी सम्पत्तिमा पनि आगजनी भएको बताउँदैं काठमाडौंको आफ्नो घर पैतृक सम्पत्तिसमेतको आर्जनबाट बनाइएको बताएका छन् । ‘काठमाडौंको घर पनि पैतृक सम्पत्ति समेतको आर्जनबाट बनाइएको हो,’ लेखकले भनेका छन्, ‘पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा ुखुकरीको मार अचानोलाई मात्र थाहा हुन्छ भने जस्तै भएको छ ।’

उनले भदौं २४ को घटना क्षणिक आक्रोश मात्रै नभएर सुनियोजित बताए । लेखकले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने आदेश आफूले नदिएको बयानमा बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ