२०८२ पुस १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ?

नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ?

उपाध्यक्षमा डा. कुन्जाङको अग्रता, पछ्याउँदैं डा. गुरुशरण


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबार दिउँसो दुई बजेबाट नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेलमा चार स्थानमा मतगणना सुरु भएकोमा हालसम्म उपत्यकाबाहिरको १०४०० मत गणना भएको छ ।

हेल्थआवाजलाई प्राप्त मंगलबार विहान ८ बजेसम्मको मतगणनाको अपडेटअनुसार उपाध्यक्षमा डा. कुन्जाङ शेर्पाले अग्रता बनाएका छन् । उनी ४४४६ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछयाइरहेका डा. गुणशरण साहले ३९२५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १६०३ मत पाएका छन् ।

यसैगरी, सदस्यहरुमा डा. छवि पन्थी अग्रस्थानमा छन् । उनले ४२९३ मत प्राप्त गरेका छन् ।

यसैगरी, डा. सारिका गोइतले ४०३३ मत, डा. दीपेन्द्र पाण्डेले ३४६५ मत, डा. योबिनकुमार यादवले ३२७९ मत, डा. सम्राट पराजुलीले २९३० मत, डा. अस्मिता पोखरेलले २९११ मत, डा. रबिन बस्नेतले २६७२ मत, डा. कुम्भराज जोशीले २६४८ मत, डा. निना राई २६३५ मत, डा. घनश्याम पाण्डेले २६१९ मत, सरोजकुमार साहले २४५६ मत र डा. उज्जव ठाकुर २२४ मत पाएका छन् ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा निर्वाचन भएको थियो भने धुलिखेलमा ११ पुसमा, काठमाडौं र ललितपुरमा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको छ ।

काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ