२०८२ पुस २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग

ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग


काठमाडौं—नेपाल डेन्टल एशोसिएसनले सरकारसँग ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतका विधामा दरबन्दी सिर्जना गर्न माग गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदैं एशोसिएसनले उक्त माग गरेको हो ।

उसले ठूलो संख्यामा दक्ष जनशक्ति हुँदाहुँदै पनि सरकारी स्वास्थ्य सेवातर्फ मुख स्वास्थ्यजस्ता संवेदनशील विषयमा आवश्यक दरबन्दी नखुल्दा दन्त चिकित्सकहरु गम्भीर मर्कामा परिरहेको जनाएको छ ।

‘विशेषगरी दन्त्र विशेषज्ञताअन्तर्गत ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स, पब्लिक हेल्थ डेन्टिष्ट्री तथा फरेन्सिक डेन्टिष्ट्रीजस्ता विषयमा हालसम्म एक पनि सरकारी दरबन्दी सिर्जना नभएको अवस्था छ,’ एशोसिएसनले भनेको छ । उसले स्वास्थ्य सेवा ऐन र लोकसेवा आयोगको संरचनामा समेत यी विषयहरु समावेस हुन नसक्नु दुःखद् भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रक्रिया अगाडि बढाएकाले छुटेका दन्त विशेषज्ञ विषयहरु यथाशीघ्र दरबन्दी सिर्जना गर्न एशोसियसनले आग्रह गरेको छ ।

एशोसियसनले आठौं तहका डेन्टल सर्जनहरुको दरबन्दी संख्या वृद्धि गर्न समेत माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ