२०८२ माघ ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ

स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ


काठमाडौं—स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक तथा व्यवसायी जयराम रिमाल पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकहरुको फेक रेस्क्यु प्रकरणमा रिमाललाई पक्राउ गरेको हो ।

व्यवसायी रिमालको कम्पनी माउण्ट रेस्क्यु सर्विस प्रा.लि.ले गरेका १२४८ रेस्क्युमध्ये १७१ शंकास्पद रेस्क्यु गरेको छ, जसबाट उसले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दावी गरेको छ ।

सिआईबीकाअनुसार रिमाल रेस्क्युदेखि हेलिकप्टर हुँदैं पर्यटकहरुलाई उपचार सेवा दिने ट्राभल मेडिसिन सम्बन्धी अस्पताल स्वाकन अस्पतालका संस्थापक निर्देशक समेत हुन् । सेतो पुलमा रहेको उक्त अस्पतालका रिमाल प्रमुख लगानीकर्तामध्ये एक हुन् ।

‘उहाँहरुको आफ्नै रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनीदेखि अस्पतालसम्म रहेछ,’ सिआईबीका एक अधिकारीले भने, ‘तीन वटै ठाउँबाट पर्यटकहरुको रेस्क्युका नाममा ठगी हुने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’

रिमालसँगै उनको कम्पनी माउण्ट रेस्क्यु सर्विस प्रा.लि.का म्यानेजर विवेक पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । चितवनका रिमाल यसबाहेक फ्लाइट कनेक्सन डोमेष्टीकलगायतका कम्पनीहरुका पनि मालिक छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ