२०८२ माघ २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएसियन फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब २६ करोड

एसियन फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब २६ करोड


काठमाडौं—एसियन फर्मास्युटिकल्स प्रा.लि.को वार्षिक कारोबार २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको फाइनान्सियल रिपोर्टअनुसार सन् २०२५ मा उसले २ अर्ब २६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

एसियनले सन् २०२४ मा २ अर्ब १ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मा १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ६७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२१ मा एसियन फर्मास्युटिकल्सको कारोबार १ अर्ब ३५ करोड रुपैयाँ गरेको थियो ।

सन् १९९७ मा स्थापना भएको एसियन फार्मास्युटिकल्स प्रा. लि.ले सामान्य तथा जटिल दुवै प्रकारका रोगका औषधीहरू उत्पादन गर्दै आएको छ। कम्पनीले एन्टिबायोटिक, ग्यास्ट्रोइन्टरोलोजी, अर्थोपेडिक, दम, एन्टी एलर्जीक औषधी र भिटामिनहरु उत्पादन गर्दै आएको छ ।

हुतानन्द खनाल अध्यक्ष रहेको कम्पनी रुपन्देहीको खुन्सा–९ मा अवस्थित छ । कम्पनीको प्रबन्ध निर्देशक भने शंकर घिमिरे रहेका छन् ।

कम्पनीको सबैभन्दा बढी स्वामित्व खगिसरा घिमिरेको नाममा छ, जसको कम्पनीमा १०.३ प्रतिशत शेयर रहेको छ । त्यसबाहेक अन्य २१ जनाको कम्पनीमा स्वामित्व छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ