काठमाडौं—नेपाल आयुर्वेद चिकित्सक संघमा डा. शंकर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । २० र २१ चैतमा काठमाडौंमा सम्पन्न संघको ११ राष्ट्रिय सम्मेलनबाट डा. गौतमको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
सम्मेलनले वरिष्ठ उपाध्यषमा डा. रमेश पौडेल, महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठलाई निर्वाचित गरेको छ । यस्तै, शक्तिशाली मानिने महासचिव पदमा डा. ऋषिकेशव भुसाल निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा डा. दिपक मण्डल, कोषाध्यक्षमा डा. सिजन कोजु निर्वाचित भएका हुन् ।
प्रादेशिक उपाध्यक्षमा कोशीमा डा. विजयकुमार सिंह, मधेसमा डा. शिवनारायण गुप्ता, बागमतीमा डा. देवेन्द्रकुमार यादव, गण्डकी डा. नगेन्द्र लामिछाने, लुम्बिनीमा डा. कैलाश न्यौपाने, कर्णालीमा डा. सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा. हिमाल भट्ट निर्वाचित भए।
सदस्यहरुमा डा. सदिक्षा पन्त, डा. प्रशान्त श्रेष्ठ, डा. सरोजराय यादव, डा. नवराज जोशी, डा. सन्तोष खनाल, डा. राजन ज्ञवाली, डा. योगेश ढकाल, डा. सुजित कर्ण, डा. प्रज्ञा पौडेल र डा. केशव न्यौपाने विजयी भए ।
कोशी गण्डकी र लुम्बिनी प्रदेशका उपाध्यक्ष र केही सदस्यहरु निर्विरोध भएका थिए भने अन्य सबै पदाधिकारी र सदस्यहरुमा निर्वाचन भएको थियो ।