२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय

२३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं—सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा विदा निर्णय गरेको हो ।

‘पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने,’ क्याबिनेटको निर्णयमा छ ।

शैक्षिक संस्थाबाहेक अन्य कार्यालयहरूको कार्यालय समय पनि परिवर्तन भएको छ । यसअघि सरकारी कार्यालयहरु १० बजेटबाट सुरु हुने गरेकामा अब ९ देखि ५ बजे कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि सरकारको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ