२०८२ चैत्र २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता

स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता

यी हुन् काज फिर्ता हुने दशौं र नवौं तहका ३३ जना


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ जना दशौं र नवौं तहका विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० र २२ चैतको निर्णयअनुसार नवौं र दशौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता भएको हो ।

काज फिर्ता हुनेहरुमा प्रादेशिक अस्पतालमा कार्यरत र राजधानीका मुख्य अस्पतालमा कार्यरत बढी छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सरकारी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त राख्ने भन्दैं काज फिर्ता सुरु गरेकी हुन् ।

११ औं तहका अधिकारीहरु पनि अधिकांश काज छन् । तर, उनीहरुको काज फिर्ताको निर्णय भने मन्त्री मेहताले गरेकी छैनन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ