काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया भएको छ । प्रतिष्ठानले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न क्यान्सरका ४२६ जना बिरामीको शल्यक्रिया गरेको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्ज प्रधानले जानकारी दिइन् ।
डा. प्रधानकाअनुसार प्रतिष्ठानले ब्रेस्ट तथा इण्डोक्राइन क्यान्सर ८० जना, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर सम्बन्धित ५४ जना, ब्रेन ट्युूमर सम्बन्धित ४१ जना र प्रि—क्यान्सरस गोइनेकोलोजिकल लिजनको लूप इलेक्ट्रोसर्जिकल इक्सिजन सम्बन्धि ४० जनाको शल्यक्रिया गरेको छ । यस्तै, ओरल क्याभिटीको क्यान्सर सम्बन्धित ३७ जना, हेपाटोबिलियरी एण्ड प्यानक्रियाटिक क्यान्सर सम्बन्धित ३५ जना, ओभरियन क्यान्सर सम्बन्धित २५ जना, युरिनरी ब्लाडर क्यान्सर सम्बन्धित २४ जना र बोन ट्युमर सम्बन्धित २१ जनाको शल्यक्रिया गरिएको छ ।
विपी प्रतिष्ठानले प्रोष्टेट क्यान्सर सम्बन्धित ११ जना, इन्डोमेट्रियल क्यान्सर सम्बन्धित १० जना, सर्भाइकल क्यान्सर सम्बन्धित ८ जना, रेनल क्यान्सर सम्बन्धित क्यान्सर सम्बन्धित ६ जना, थाइरोइड क्यान्सर सम्बन्धित ५ जना, स्पाइन ट्युमर सम्बन्धित ३ जना, भल्भल क्यान्सर सम्बन्धित ३ जना, पेनाइल क्यान्सर सम्बन्धित २ जना, मेडियास्टिनल ट्युमर सम्बन्धित १ जना, युरेथ्रल क्यान्सर सम्बन्धित १ जना र अन्य क्यान्सर सम्बन्धित १९ जनाको शल्यक्रिया गरेको जनाएको छ ।
प्रवक्ता डा. प्रधानकाअनुसार क्यान्सरको सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सम्बन्धी सेवातर्फ ३ हजार ६५० जना बिरामीले सेवा लिएका छन् । जसमध्ये २७२८ जनाले बहिरंग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा लिएका छन् भने ९२२ जनाले अन्तरङ्ग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा पाएका छन् । यसबाहेक प्रतिष्ठानले बिरामीलाई प्यालिएटिभ एण्ड होम बेस्ड हस्पाइस सेवा पनि दिइरहेको छ ।
तीन दशकदेखि क्यान्सरका बिरामीको उपचार गर्दै आएको विपी प्रतिष्ठानले क्यान्सरको उपचारमा शल्यक्रिया तथा सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा प्रदान गर्दै आइरहेको छ । यसबाहेक क्यान्सर रोकथामका लागि स्क्रिनिङ ओपीडी, ग्यास्ट्रोइन्टेस्टाइन इन्डोस्कोपी, ब्रेष्ट क्लिनिक तथा ब्रेष्ट क्यान्सर अवारनेस प्रोग्राम, भिजुअल इन्स्पेक्सन वीथ एसिटिक एसिड, एचपीभी– डि एन ए टेष्टिङ, कोल्पोस्कोपीजस्ता सेवाहरु दिइरहेको प्रवक्ता प्रधानले बताइन् ।