२०८२ असार ३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : स्वास्थ्य क्षेत्रमा बजेटको ९.७८ प्रतिशत बजेट विनियोजित

सुदूरपश्चिम प्रदेश : स्वास्थ्य क्षेत्रमा बजेटको ९.७८ प्रतिशत बजेट विनियोजित


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७७–०७८ को बजेट भाषणमा कुल बजेट को ९.७८ प्रतिशत तथा ३ अर्ब २६ करोड ६६ लाख विनियोजन गरेको छ । गएको आइतबार सरकारले स्वास्थ्य क्षेत्रको सुदृढिकरण एवं सेवा सुधारका लागि ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको थियो  ।

चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक अर्ब ७८ करोड विनियोजित थियो । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको आर्थिक मन्त्री बोहराले बताए। कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवम सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको हो ।

सुदुरपश्चिम प्रदेशका नागरिकहरुको स्वास्थ्य सेवामा सहज पहुँच र स्वास्थ्य सेवा बाट प्रदान गरीने सेवा गुणस्तरीय र महामारी तथा अन्य रोगहरु सँग प्रतिरोध गर्न सक्ने क्षमता बिस्तार गर्न आर्थिक बर्ष २०७७–७८ लाई “स्वास्थ्य सेवा सुधार वर्ष” को रुपमा मनाउन उच्च प्राथमिकतामा राखेको छ ।

स्थानिय तहको समन्वय तथा सहकार्यमा स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरीकहरुलाई स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले  प्रसुति भवन निर्माण ,सहरी स्वास्थ्य केन्द्र , भवन निर्माण गरी मातृ तथा बाल सवास्थ्य सेवा लगायत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको पुर्वाधार एव्म सेवाको पहुँच बृद्धी गर्न १९ करोड ९५ लाख विनियोजन गरेको छ ।

सेती प्रादेशिक अस्पताल ट्रमा सेन्टर स्थापना तथा संचालन गर्न र टिकापुर अस्पताल परीसरमा सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्न ३ करोड बिनियोजन गरीएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा ले जानकारी दिए । कोभिड–१९ को महामारी संक्रमण उपचारको लागि टिकापुर सहित अछाम बाजुरा बझाङ , डोटी बैतडीर दार्चुलामा १० शैय्याको भवन निर्माण तथा उपकरण तथा व्यवस्थापनको लागि ५ करोड १५ लाख विनियोजन भएको छ ।

सुदुरपश्चिम प्रदेशको न्याय हेल्थ द्धारा संचालित अस्पताललाई ७ करोड र कैलालीको सामुदायिक लम्कीअस्पताललाई १ करोड अनुदान दिन बजेट बिनियोजन भएको मन्त्री बोहरा जानकारी दिए । यसका साथै प्रदेश स्तरमा आर्युवेद चिकित्सा हेमोप्याथिक चिकित्सा लगायतका प्राकुतिक चिकित्सा प्रणालिको संरक्षण संबर्धन र बिकासका लागि प्रादेशिक आर्युवेद चिकित्सालयको लागि २ करोड बजेट बिनियोजन गरीएको छ ।

केही पुराना र केही नयाँ कार्यक्रमहरुसहित सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ । कूल बजेटमध्ये १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ