२०८२ चैत्र २६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको तयारी गर्ने निर्णय

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको तयारी गर्ने निर्णय

३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने, सिनेट सदस्यमा ४ जना मनोनित


धनगढी—नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’को सिनेटले ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बुधबार गेटास्थित विश्वविद्यालयको सभाहलमा बसेको चौथो सिनेट बैठकले ३०० शय्या शिक्षण अस्पताल सञ्चालनमा ल्याउने र चिकित्सा शिक्षा अध्ययनको तयारी गर्ने निर्णय गरेको हो ।

सिनेट बैठकले चिकित्सा शिक्षाका चार वटा संकायमा अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो। विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछन् । सिनेटले चिकित्सा शिक्षा अध्ययनका लागि चिकित्सा शिक्षा आयोगसँग ५० जना एमबीबीएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्नाका लागि माग गर्ने निर्णय गरेको हो । साथै, ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।

बैठकले विश्वविद्यालय सभामा दुई महिला र दुई पुरुष सदस्य मनोनयन गरेको भएपनि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ