२०८२ असार १, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविकृति हटाउन नर्सिङ क्याम्पसद्धारा नाटक प्रस्तुत

विकृति हटाउन नर्सिङ क्याम्पसद्धारा नाटक प्रस्तुत


वीरगन्ज-वीरगन्ज नर्सिङ क्यापसका छात्र–छात्राहरुले मधेसी समाजमा रहेका विभिन्न समाजिक विकृती हटाउने उद्देश्यमा आधारित नाटक प्रस्तुत गरेका छन् ।

वीरगन्जको नगरवामा एक कार्यक्रमबीच बिएस्सी नर्सिङ प्रथम वर्षका छात्र–छात्राहरुले मधेसमा समाजिक विकृतीको रुपमा रहेको दाइजो प्रथा, बालविवाह, छोराछोरी बीचको विभेद, महिला हिंसालयायत विभिन्न विषयमा अधारित नाटक प्रस्तुत गर्दै स्थानीयहरुलाई सजग हुन आग्रह गरेका छन् ।

समाजिक विकृति हटाऔ सभ्य समाजको निर्माण गरौ भन्ने नाराका साथ आयोजना गरिएको उक्त नाटकको उद्घाटन वीरगन्ज महानगरपालिकाका वडा नम्बर-१६का वडा अध्यक्ष श्यामबाबु चौरसियाले गरेका थिए । नाटकको उद्घाटन गर्दै उनले समाजमा रहेको विभिन्न विकृतिमा आधारित यो नाटकको प्रस्तुतीले स्थानीयवासीहरुमा ठूलो चेतना प्रदान गर्ने बताए ।

यस्ता रचनात्मक नाटकहरुद्धारा स्थानीयलाई सू-सुचित गर्नुको साथै महिला हिंसा, बालविवाह ,दाइजो प्रथा लगायत विभिन्न विकृतीहरुको बारेमा कानुनी बन्देज समेत गरिएकोले यस्तो गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गर्न आफू सधै अग्रसर रहेको बताए ।

कार्यक्रममा नर्सिङ क्याम्पसकी प्रिसिपल सुर्या कोइराला, रमाकान्त चौरसिया, रामजी चौरसिया, शम्भु राउत बरै र शिवजाथ चौरसिया लगायत स्थानीय बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ