२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यफरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य

फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य


अमेरिकन एकेडेमी अफ पीडियाट्रिक डेन्टिन्ट्रीका अनुसार कुनैपनि शारिरिक, मानसिक, भावनात्मक, संज्ञानात्मक विकासमा हानी भई निरन्तर स्वास्थ्य सेवाको आवश्यक पर्ने बालबालिकालाई फरक क्षमता भएका बालबालिका भनिन्छ । विश्व स्वास्थ्य संगठन र युनिसेफबाट उपलब्ध तथ्याङ्कका अनुसार विश्वमा करिव १०.१% बालबालिकाहरु फरक क्षमता भएका बालबालिका पर्दछन् । बालबालिकाको उपचार प्रविधि आफू‌मानै एक फरक किसिमको हुने गर्दछ, त्यसैमापनि फरक क्षमता भएका बालबालिकाको उपचार अझबढी संवेदनशिल र चुनौती युक्त हुने गर्दछ ।

निरन्तर रुपमा स्वास्थ्य सेवामा सामेल गराईएतापनि यस प्रकारका बालबालिकाको मुख स्वास्थ्य भन्ने प्राथमिकतामा नराखिएको पाईन्छ । नियमित औषधि सेवन गराइने, शारिरिक असक्ष‌मताका कारणले नियमित स्वास्थ्य रहने उपायहरु कुशलतापूर्वक गर्न नसक्ने हुनाले यी बालबालिकाको मुख, स्वास्थ्य अवस्थामा देखिएको विरलै पाईन्छ ।

मुख स्वास्थ्यलाई गम्भिर रुपमा नलिने धेरै कारणहरू रहेका छन् । प्रमुख कारण नै अभिभावकमा मुख स्वास्थ्य सम्बन्धी चेतना नहुनु रहेको पाईन्छ । त्यसका साथसाथै अरु जटिल स्वास्थ्य सेवामा गरिएको आर्थिक भारले गर्दा मुख स्वास्थ्यलाई आकस्मिक बाहेक अरु पंक्तिमा नराखिएको हुन सक्दछ । कारण जे. जस्ता रहेतापनि यि वालवालिकाको मुख स्वास्थ्य परिक्षण गर्दा धेरै समस्याहरु एकैचोटि देखा पर्दछन् जसकारण स्वास्थ्यकर्मीलाई थोरै समयमा गुणस्तरीय उपचार प्रदान गर्न कठिन हुने गर्दछ । दन्त समस्या मात्र नभई यि बालबालिकाहरूलाईमा सूचना आदन प्रदान गर्न सजिलो नहुने कारणले गर्दा थप उपचारमा कठिनाईहरु आउने गर्दछ र फलस्वरूप यि बालबालिकाहरुलाई धेरै आवला जसो अवस्थामा बेहोस बनाएर पन्त उपचार गरिने र गराइने गर्दछ जसले गर्दा परिवारमा थप आर्थिक भार बढ्ने गर्दछ ।

त्यसैले रोकथाम गर्न सकिने समस्यालाई बेलैमा उपयुक्त ढङ्गले ब्यबस्थापन गर्नु र रोग लाग्नै नदिनु अभिभावक र स्वास्थ्यकर्मी दुवैको मुख्य एजेण्डा हुनु पर्दछ।
मुख कसरी स्वास्थ्य राख्न सकिन्छ त भन्ने वारे तल उल्लेखित पंक्तिहरूमा प्रष्ट पार्न गई रहेकी छु।

१) दैनिक दुई पटकसम्म अभिभावकको निगरानी अथवा स्वयं अभिभावकद्वारा दाँत तथा वरिपरिको स्थान नरम किसिमको ब्रस र फ्लोराईड युक्त मन्जनले सफा गर्ने। बिजुलीबाट संचालित व्रसहरुले पनि सफा गर्ने क्षमता बढाएको पाईन्छ र यस्ता ब्रस प्रयोगमा लिएर आउनपनि सकिन्छ ।

२) हरेक खानापछि, एवम औषधि सेवनपछि सफा अथवा पिउने पानीले मुख कुल्ला गराउने र गर्न नसक्ने बालबालिकालाई नरम कपडाले मुख र दौत वरिपरिको स्थानलाई पुछिदिने ।
३) हरेक तीन देखि छ महिनाको अन्तरालमा बाल दन्त चिकित्सकसँग परामर्श लिई उपयुक्त उपचार गराउने । यस परामर्शमा चिकित्सकले आवश्यक्ता अनुसार फ्लोराईड युक्त पदार्थहरु प्रयोग गराइदिनु हुन्छ।

४) AAPD का अनुसार हरेक बालबालिकाले पहिलो दाँत आएको छ महिना भित्रमा नै पहिलो दन्त परिक्षण गराइनु पर्ने हुन्छ र फरक क्षमता भएका बालबालिका परामर्श पनि सोहि बेला हुनु पर्ने हुन्छ ।

५) सबै उपचार गराउनु परेको खण्डमा सबै उपचार एकसाथ नगराई खण्ड खण्डमा विभाजन गराउँदा बालबालिकालाई सहज हुन् भएको पाईन्छ ।

६) स्वास्थय खानपिनको व्यवस्था र एक देखि दोस्रो खानपिनको वीचमा धेरै खानेकुराहरु नखुवाउने ।

उपचार जटिल भएकाले बालबालिका र अभिभावक दुवैलाई सहयोग हुने हेतुले नियमित परामर्श र माथि उल्लेखित विधिगुरु अपनाउन जरुरी रहन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ