२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वतनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन

तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन


समग्र स्वास्थ्य राम्रो राख्नु भनेको शरीर र दिमागलाई स्वस्थ राख्नु हो। तर, विभिन्न कारणले मानिसमा तनाव, चिन्ताजस्ता धेरै प्रकारका मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताइएको छ ।

तनावको समस्याले गम्भीर अवस्थाहरूमा डिप्रेसन पनि निम्त्याउन सक्छ। त्यसैले, विशेषज्ञहरूले सबै मानिसहरूलाई तनावबाट बच्न उपायहरू अपनाउन सल्लाह दिन्छन्। तर, के तपाईलाई थाहाँ छ तनाव सधैं हानिकारक हुँदैन? यो अनौठो लाग्न सक्छ। तर, हालैको अनुसन्धानमा विशेषज्ञहरूले पनि केहि परिस्थितिहरूमा मस्तिष्कको लागि तनावपूर्ण अवस्थाहरू लाभकारी पाएका छन्।

युनिभर्सिटी अफ जर्जियाको युथ डेभलपमेन्ट इन्स्टिच्युटका शोधकर्ताहरूले  समयमै काम पूरा गर्ने तनाव तपाईको दिमागको लागि राम्रो हुने बताएका छन् । तर, यसले वास्तवमा दिमागमा राम्रो प्रभाव पार्न सक्छ। अनुसन्धानकर्ताहरूले यस प्रकारको तनावलाई अध्ययनमा सकारात्मक भएको पाएका छन्। आउनुहोस् यो अनुसन्धानको बारेमा जानौं।

अध्ययनले तनावको बारेमा के फेला पा-यो?

मनोचिकित्सा अनुसन्धान जर्नलमा प्रकाशित हालैको अध्ययनमा वैज्ञानिकहरूले हल्का देखि मध्यम तनाव अवस्थाहरूले व्यक्तिको कामको गुणस्तर र लचिलोपन बढाउँने बताएका छन् । यति मात्र होइन, यसले डिप्रेसन र असामाजिक व्यवहार जस्ता मानसिक स्वास्थ्य विकारहरू विकास गर्ने जोखिमलाई कम गर्न पनि मद्दत गर्न सक्छ।

हल्का स्तरको तनाव, विशेषगरी काम सम्बन्धी तनावले तपाईलाई भविष्यमा यस्ता समस्याहरूको सामना गर्न तयार पार्छ। यस दृष्टिकोणबाट तनावको अवस्थालाई सकारात्मक मान्न सकिन्छ।

के भन्छन् अनुसन्धानकर्ता ?

अध्ययनका प्रमुख लेखक असफ ओश्री भन्छन्, ‘यदि तपाईं लक्ष्य हासिल गर्न मानिसहरूबीच तनाव हुने वातावरणमा हुनुहुन्छ भने, त्यस्ता परिस्थितिहरूले सामना गर्ने संयन्त्रको विकास गर्छ। त्यस्ता स्थानहरूले तपाईंलाई समयसँगै काममा थप कुशल र प्रभावकारी बन्न मद्दत गर्दछ। आजको नकारात्मक परिस्थितिहरूको सफलतापूर्वक सामना गर्नाले तपाईंलाई भविष्यमा यस्तै समस्याहरूसँग अझ राम्रोसँग सामना गर्न मद्दत गर्दछ।

अनुसन्धानकर्ताहरूले अध्ययनमा केही प्रकारका तनावपूर्ण अवस्थाहरू उल्लेख गरेका छन् । जसले जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ। परीक्षाको लागि अध्ययन गर्ने, ठूलो बैठकको तयारी गर्ने, ठूलो कुरा हासिल गर्न लामो समयसम्म काम गर्ने जस्ता कुरालाई सकारात्मक प्रभाव पार्ने मान्न सकिन्छ। यी सबै व्यक्तिगत विकासमा सम्भावित सहयोगी हुन सक्छन्। तनावको यस्ता सकारात्मक अवस्थाहरूले भविष्यमा चुनौतीपूर्ण परिस्थितिहरूको लागि खोपको रूपमा काम गर्दछ।

उचित तनाव र धेरै तनावबीच धेरै पातलो रेखा छ। त्यसैले, यसको हेरचाह सबैको लागि धेरै महत्त्वपूर्ण छ। प्राध्यापक ओश्रीले उदाहरणका साथ व्याख्या गरेको छ ।

उनी भन्छन्, ‘धेरै मिहिनेत गरिरहँदा छाला अलिकति सुख्खा हुन्छ । केही समयपछि छालामा बानी परिहाल्छ। तर, कुनै सावधानी नअपनाई यो दबाब बढाइरहनुभयो भने यसले छालालाई पनि क्षति पु¥याउन सक्छ । तनावपूर्ण अवस्थाहरूमा पनि त्यस्तै हुन्छ। हामी सबैले यसको गम्भीरता बुझ्न आवश्यक छ, धेरै तनाव मानसिक स्वास्थ्यको लागि नकारात्मक हुन सक्छ।

तनावका कारण पर्ने  नकारात्मक प्रभावहरु

एक निश्चित बिन्दुसम्म तनाव हुनु ठीक भएको  तर त्यो भन्दा बढि तपाईको लागि गम्भीर समस्या पनि हुन सक्ने डा. ओश्री बताउछन्  । समयमै काम सम्पन्न गर्ने वा लक्ष्य हासिल गर्ने तनावलाई सकारात्मक मानिन्छ। तर, बढी काम भयो भने बेफाइदा पनि हुन सक्छ। त्यसैगरी, गरिबी वा दुर्व्यवहारमा बाँचिरहेका मानिसहरूमा, तनावपूर्ण अवस्थाहरूले डिप्रेसन र गम्भीर मनोवैज्ञानिक समस्याहरू निम्त्याउन सक्छ।

वर्तमान समयमा सबै उमेरका मानिसहरूले तनाव कम गर्ने उपायहरू प्रयोग गरिरहनु आवश्यक छ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ