गृहपृष्ठ ∕ अन्य ∕ भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो हेल्थ आवाज शुक्रबार, २०७६ भदौ १३ गते, ११:५५ मा प्रकाशित काठमाडौं । भालुको आक्रमणमा क्षतबिक्षत भएको एक किशोरको अनुहार काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल अस्पतालले शल्यक्रिया गरेर जोडिदिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका ११ का १६ वर्षीय प्रकाश तामाङको क्षतबिच्छेद अनुहारको ओरल एन्ड म्याक्जिलो क्रेनियो फेसियलद्धारा जोडिएको हो । डा. सुमित सिंहको नेतृत्वको टोलीले साढे साता घन्टा लामो शल्यक्रिया गरेर अनुहार जोडिदिएको हो । यही ४ भदौमा घरनजिकैको बारीका घाँस काट्न जाँदा प्रकाशलाई भालुले आक्रमण गरेको थियो । आक्रमणबाट प्रकाशको अनुहार क्षतविच्छेद भएको थियो भने शरिरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाईते भएका उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । शिक्षणले लगत्तै कान्तिपुर डेन्टल रिफर गरेको थियो । तामाङको अवस्थामा क्रमिक सुधार आएको अस्पतालले जनाइएको छ । ‘प्रकाशको मस्तिष्कबाट सीएसएस नामक तरल पर्दाथ चुहिरहेको थियो भने गाला तथा नाकमा प्वाल परेको थियो । हाम्रो टिमले क्वीक रेस्पोन्स गरी शल्यक्रिया गर्यौ’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उपचारमा संलग्न डा. सिहका अनुसार शल्यक्रियाका लागि घाइतेकै शरीरका विभिन्न ठाँउबाट हड्डीका टुक्रा झिकेर जोडिदिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पाठेघरको मुखको क्यान्सर