२०८३ कात्तिक १९, बिहिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड

एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड


काठमाडौं-स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको उपभोगसम्बन्धी तथ्याङ्क नियमित रूपमा सङ्कलन, विश्लेषण तथा प्रसार गर्नुपर्नेमा जोड दिएकी छन् । उनले प्राप्त तथ्याङ्क र निष्कर्षलाई प्रमाणमा आधारित नीतिगत निर्णय तथा स्वास्थ्य क्षेत्रको सुधारमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

बिहीबार होटल हिमालयमा आयोजित एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसार कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उचित प्रयोग, उपभोगको अवस्था पहिचान तथा प्रभावकारी अनुगमनका लागि विश्वसनीय तथ्याङ्कको महत्त्व रहेको बताइन् ।

कार्यक्रममा सन् २०१६ देखि २०२४ सम्मको एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्नुका साथै त्यसबारे विस्तृत छलफल गरिएको थियो । सोही अवसरमा राष्ट्रिय अत्यावश्यक औषधिको सूचीको सातौँ संशोधनसमेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्री मेहताका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानलगायत सम्बन्धित सरकारी अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यशालाले एन्टिमाइक्रोबियल औषधिको उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा विश्लेषण प्रणालीलाई व्यवस्थित बनाउँदै औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन र प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ