२०८३ कात्तिक १६, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

त्रिवि शिक्षण अस्पतालमा भर्ना


काठमाडौं—चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धि ६ बुँदे माग राखेर इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सोमबार विहान नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको हो ।

काठमाडौं ल्याएपछि डा. केसीलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्यले डा. केसीलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

१२ कात्तिकबाट डा. केसीले इलामको नारायणस्थान मन्दिर परिसरमा २५ औं अनशन सुरु गरेका थिए । अनशन सुरु गरेको दोस्रो दिन नै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो ।

तर, स्वास्थ्य अवस्था थप जटिल बन्दैं गएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा सार्न अनुरोध गरिएको थियो । सोहीअनुसार सोमबार विहान उनलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ