२०८३ कात्तिक १८, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति

प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति


काठमाडौं—चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार सम्बन्धि ६ बुँदे माग राखेर अनशनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले ४ सदस्यीय समिति गठन गरेको छ । बुधबार सरकारले शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।

अधिकारीको नेतृत्वमा बनाइएको समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य छन् ।

१२ कात्तिकबाट डा. केसीले इलामको नारायणस्थान मन्दिर परिसरमा २५ औं अनशन सुरु गरेका थिए । अनशन सुरु गरेको दोस्रो दिन नै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो ।

तर, स्वास्थ्य अवस्था थप जटिल बन्दैं गएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा सार्न अनुरोध गरिएको थियो । सोहीअनुसार सोमबार विहान उनलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ