२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वकोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार


काठमाडौं—कोभिड—१९ महामारी रोकथामका लागि एआरएनए भ्याक्सिन विकसित गर्ने वैज्ञानिक क्याटालीन कारिको र ड्रु वीजम्यानले चिकित्साशास्त्रको नोबेल पुरस्कार पाएका छन् । यो भ्याक्सिनमार्फत यी दुई वैज्ञानिकहरुले दुनियाँभरको सोच बदलिदिएका थिए ।

यसमार्फत संसारभरका वैज्ञानिकहरु शरीरमा हुने इम्युन सिष्टमको एक्सन र रियाक्सनलाई अझ राम्रोसँग बुझ्न पाएका थिए ।

कोभिड—१९ जब संसारभर महामारीका रुपमा फैलिएको थियो, मानिसहरुका यसको औषधी खोजिरहेका थिए । कयौं मानिसहरु ज्यान गुमाइरहेका बेला क्याटालीन कारिको र ड्रू वेसम्यानले भाइरसको आरएनएलाई पत्ता लगाएका थिए । त्यसपछि उनीहरुले शरीरमा हुने बदलावलाई पत्ता लगाए र जेनेटिक तहमा आरएनए कसरी टुट्छ भन्ने पत्ता लगाए । यही फर्मुलामा कोभिड—१९ विरुद्धको खोप विकास गरिएको थियो ।

नोबेल पुरस्कार विजेता क्याटालीन कारिकोको जन्म सन् १९५५ मा हंगेरीको जालनोकमा भएको थियो । उनले सन् १९८२ मा जेगेड युनिभर्सिटीबाट पिएचडी अध्ययन पूरा गरेकी हुन् । त्यसपछि उनी हंगेरियन एकेडेमी अफ साइन्समा पोष्ट डक्टरल फेलोसीप पूरा गरिन् । उनले फिलाडेल्फियाको टेम्पल युनिभर्सिटीमा आफ्नो पोष्ट डक्टरल रिसर्च पूरा गरिन् । त्यो सकिएपछि पेन्सिलवेनिया युनिभर्सिटीमा असिस्टेन्ट प्रोफेसर बनिन् । सन् २०१३ पछि क्याटालीन बायोएनटेक आरएनए फर्मास्युटिकल कम्पनीको सिनियर भ्वाइस प्रेसीडेन्ट भइन् । सन् २०२१ मा कोभिड—१९ का दौरान कोभिडको एमआरएनए भ्याक्सिन विकसित गरिन् ।

ड्रू बेसम्यान सन् १९५९ मा म्यासाच्युसेटमा जन्मेका हुन् । उनले सन् १९८७ मा बोस्टन युनिभर्सिटीबाट पीएचडी र एमडीको डिग्री हासिल गरे । त्यसपछि उनी हार्वर्ड मेडिकल स्कुलको वेथ इजरायल डिकोनेस मेडिकल सेन्टर क्लिनिक ट्रेनिङ गरिरहे । सन् १९९७ मा बेसम्यानले आफ्नो अनुसन्धान समूह तयार पारे । पेन्सिलवेनिया युनिभर्सिटीको पेरेलम्यान स्कुल अफ मेडिसिनमा अनुसन्धान सुरु गरे । अहिले उनी पेन इन्स्टिच्युट अफ आरएनए इनोभेसन्सका निर्देशक छन् ।


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ