२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम

काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम


विराटनगर—अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि तीन दिने ‘बीएलएस र एसीयलएस’ तालिम सम्पन्न भएको छ । शुक्रबार अमेरिकन हर्ट एसोसिएसन (एएचए) को आयोजनामा विराटनगरस्थित न्यूरो हस्पिटलको सभाहलमा भएको तीन दिने उक्त तालिम समापन भएको हो ।

तीन दिने तालिममा अकस्मात रुपमा बिरामीको ज्यान जोखिममा परेको अवस्थामा कसरी उपचार गरेर बचाउने भन्ने विषययमा स्वास्थ्यकर्मीहरुले ज्ञान हासिल गरेका छन् । उक्त तालिममा बिरामीको मुटुको चाल बन्द हुँदा, फोक्सो बन्द हुँदा र बेहोस हुनेजस्ता समस्या देखिँदा कसरी यसको उपचार गर्ने भन्ने बारेमा तालिममा स्वास्थयकर्मीहरुलाई जानकारी गराइएको डा. दिलकुमार लिम्बूले जानकारी दिए ।

तालिममा स्वास्थ्यकर्मीहरुलाई आकस्मिक रुपमा आएका क्रिटिकल बिरामी कसरी बचाउने र त्यो बारेमा प्रयोगात्मक र ब्यवहारिक रुपमा तालिम दिएको उनले बताए । जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि यो तालिमले ठूलो सहयोग पुग्ने उनले बताए ।

विशेषगरी आकस्मिक कक्ष, आईसीयु, सीसीयु, क्रिटिकल बिरामी राख्ने ठाउँमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरूको तालिममा सहभागी रहेको थियो । सो तालिममा विराटनगर, धरान, झापादेखि स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । यो तालिम काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा गरिएको उनले बताए । ‘यो कोर्स गरेपछि संसारको जुनसुकै देशमा मान्यता पनि पाउनेछन्,’ डा. लिम्बुले भने, ‘यस्तो प्रकारको तालिम काठमाडौं बाहिर पहिलो पटक पूर्वी नेपालको विराटनगरस्थित न्यूरो हस्पिटलमा गरिएको हो ।’

तालिमको सहजीकरण सेमाका निर्देशक डा. अजय सिंह थापा र डा.दिलकुमार लिम्बूले गरेका थिए । एक दिन आठ घण्टा टे«निङ भएको थियो । बीएलएसको बेसिक ल्याब टे«निङ हुन्छ । दुई दिन एडभान्स कार्डियो तालिम भएको तियो ।

समापन कार्यक्रममा बोल्दै न्यूरो अस्पतालका संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक डा. विरेन्द्र कुमार बिष्टले यस्तो तालिमले स्वास्थ्यकमीहरुलाई उपचारमा ठूलो सहयोग पुग्ने बताए ।

तालिमको लागि न्यूरो र सेमाबीच सम्झौता

‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्यूरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगामी दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो ।

सेमा र न्यूरोबीच सम्झौता भएपछि आउँदा दिनमा यस्तो तालिम न्यूरो हस्पिटलको तालिम केन्द्रमा गर्ने सहमति भएको छ ।

उक्त सम्झौता पत्रमा सेमाको तर्फबाट निर्देशक डा. अजय सिंह थापा र हस्पिटलको तर्फबाट संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक डा. वीरेन्द्र कुमार बिष्टले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि चाँडै स्वास्थ्यकर्मीको लागि तालिम गर्ने बताइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ