वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा शुद्ध खानेपानी जडान गरिएको छ । अस्पतालमा आउने बिरामी, कुरुवा, सेवाग्राही तथा अस्पताल परिवारको स्वास्थ्य र सहजतालाई मध्यनजर गर्दै अस्पताल परिसरका शुद्ध खानेपानीको जडान गरिएको हो ।
अस्पताल परिसरका विभिन्न स्थानमा अत्याधुनिक प्रशोधित शुद्ध खानेपानी जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा शुद्ध खानेपानी तथा हात धुने पानी अत्याधुनिक सुविधा जडान गरी सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले बताइन् । ‘शुद्ध खानेपानी (तातो, चिसो तथा सामान्य) इमर्जेन्सी, इमर्जेन्सी फार्मेसीको तथा ओपीडीको छेउमा जडान गरिएको छ,’ उनले भनिन्, ‘हात धुने पानीको जडान फार्मेसीको छेउमा जडान गरिएको छ ।’
सेवाग्राहीहरूले आवश्यकताअनुसार तातो, चिसो तथा सामान्य शुद्ध खानेपानी निःशुल्क रूपमा उपभोग गर्न सक्ने र अस्पतालजन्य संक्रमण नियन्त्रण तथा सरसफाइ प्रवर्द्धनका लागि तरल साबुनसहितको व्यवस्थित स्टेनलेस स्टिल हात धुने स्टेसनको व्यवस्था गरिएको सूचना अधिकारी ज्ञवालीले जानकारी दिइन् ।
‘यसले सेवाग्राहीहरूलाई स्वच्छ पिउने पानीको सहज पहुँच पु¥याउनुका साथै अस्पताल परिसरको सरसफाइ र स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ,’ उनले भनिन् ‘जडान गरिएका यस्ता सार्वजनिक संरचनाहरूको सही सदुपयोग गरिदिन र सफा राख्न सहयोग गरिदिन सबैमा अुनरोध गर्ने गरेका छौं ।’