२०८३ मंसिर १०, बिहिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति

नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति


काठमाडौं—वीरगन्जस्थित नेशनल मेडिकल कलेज प्रशासन र आन्दोलनरत आवासीय चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । बिहीबार शिक्षा तथा खेलकूद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, कलेज प्रशासन र आवासीय चिकित्सकबीच ६ बुँदे सहमति भएको हो ।

उक्त सहमतिसँगै आन्दोलनरत पिजी प्रथम वर्षका विद्यार्थीहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । विद्यार्थी र कलेज प्रशासनबीच असहमति भएका कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दण्ड सजाय, प्रतिशोध, मानसिक तनाव, धम्की वा कलेज/छात्रावासबाट निष्काशन नगर्ने, विभागीय प्रमुखले पठाएको हाजिरी कायम गर्ने, १३ बैशाखदेखि कलेजमा हुँदाहुँदैं र ड्युटी गर्दागर्दै छुटेका हाजिरी विभागीय पठाएको हाजिरी तालिकाअनुसार मिलाउन आईओएम डिन कार्यलयसँग समन्वय गर्ने, असहमति अवधिमा कसैलाई अनुपस्थित नगराउने र विदा स्वीकृतीका लागि विभागीय प्रमुख र कोर्डिनेटर दुवैको हस्ताक्षर पर्याप्त हुने सहमति भएको छ ।

यसैगरी, असमझदारी अवधिको कटौती गरिएको स्टाइपेन्ड फिर्ता गर्ने, प्रसूति विभागका ६ जना आवासीय चिकित्सकको अनुपस्थिती र स्टाइपेन्ड विना शर्त फिर्ता गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा पहल गर्ने, हप्तामा दुई भन्दा बढी २४ घण्टे ड्युटी नतोक्ने, ड्युटीपछिको आराम त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको नियमअनुसार व्यवस्था गर्ने, असहमतिका कारण आवासीय चिकित्सकलाई परीक्षामा सहभागी हुन अयोग्य ठहर नगरिने, शोधपत्र स्वीकृती र हस्ताक्षरमा रिसइबी वा अनावश्यक ढिलाइ नगर्ने, कलेजबाट रिलिज लेटर प्राप्त गरेका तथा राजीनामा दिएका आवासीय चिकित्सकलाई विनाशर्त पुनः कलेजमा भर्ना गर्ने सहमति कलेज प्रशासन र आन्दोलनरत आवासीय चिकित्सकबीच भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ