२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा

देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा


काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरले देशभरका अशक्त र गरिब नागरिक बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेका छन् । आइतबार विहान उनले फेसबुकमार्फत देशभरका जुनसुकै पालिकाको अशक्त र गरिब बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएका हुन् ।

त्यसका लागि अशक्त र गरिब नागरिकले आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिस लिएर आउनुपर्नेछ । मेयर शाहले गरिब र विपन्नहरुको उपचारका लागि काठमाडौं महानगरले ५२ अस्पतालका ३७४ बेड आवश भएको जनाएका छन् ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’

उनले यसका लागि ११८० वा महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ