२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया

भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया


नयाँदिल्ली—भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)ले चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ। एम्सका चिकित्सकहरूले गर्भावस्थाको २५औँ हप्तामा रहेकी गर्भवती महिलाको गर्भमै रहेको शिशुको मेरुदण्डको जन्मजात समस्या हटाउन भारतमै पहिलो पटक ओपन फिटल सर्जरी सफलतापूर्वक सम्पन्न गरेका छन् ।

१२ नोभेम्बरमा गरिएको उक्त शल्यक्रिया करिब ६ घण्टा लामो चलेको थियो । जसमा शिशुमा मेरुदण्डको तल्लो भागमा रहेको लुम्बोसाइक्रल माइलोमेनिन्गोसेलको गम्भीर समस्या गर्भमै सच्चाइएको थियो ।

३० भन्दा बढी चिकित्सक, नर्स तथा विशेषज्ञ सहभागी शल्यक्रियामा अत्याधुनिक माइक्रोस्कोप र अल्ट्रासाउन्ड प्रविधिको प्रयोग गरिएको थियो । एम्सका अनुसार शल्यक्रियापछि आमा र गर्भमा रहेको शिशु दुवैको अवस्था स्थिर छ र स्वास्थ्यमा सुधार भइरहेको छ ।

यस प्रकारको जन्मजात समस्याले भविष्यमा पक्षघात, पिसाब तथा दिसा नियन्त्रणमा कठिनाइ र मस्तिष्कमा पानी जम्ने समस्या निम्त्याउन सक्छ । जन्मअघि नै गरिएको शल्यक्रियाले स्नायुमा थप क्षति हुनबाट जोगाउन र शिशुको भविष्यको स्वास्थ्य सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । भारतको सरकारी जननी शिशु सुरक्षा कार्यक्रमअन्तर्गत यो शल्यक्रिया निःशुल्क गरिएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ