२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल

हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल


काठमाडौं—हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति चयन भएको छ । हालै भएको फाउण्डेसनको १४ औं वार्षिक सम्मेलनले डा. श्रीधर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

डा. पौडेल पुनः अध्यक्ष चयन भएका हन् । उनी हावर्ड चिकित्सा विद्यालयका सहायक प्राध्यापक हुन् ।

यस्तै, कार्यकारी निर्देशकमा प्रतीक्षा खत्री चयन भएकी छन् भने उपाध्यक्षमा डा. सञ्जय यादव र डा. दीपेन्द्र थापलिया चुनिएका छन् । यस्तै, महासचिव तथा उपनिर्देशकमा डा. नवीन भट्ट, सचिवमा प्रयास गौतम र कोषाध्यक्षमा झविन्द्र घिमिरे चयन भएका छन् ।

त्यसैगरी, २० सदस्यीय सञ्चालक समितिमा डा. यशस्वी पोखरेल, डा. रञ्जित सापकोटा, डा. अशोक देवकोटा, नील धिताल, डा. विनिता शर्मा, डा. सुनिल बोगटी, सावित्री बस्नेत, डा. अतीत तिवारी, सुचिता अधिकारी थापा, डा. जितेन्द्र श्रेष्ठ, डा. प्रतिभा सुवेदी, विनिता अधिकारी, डा. कुम्भराज जोशी, डा. राजेश शर्मा, डा. मनोज भट्टराई, डा. आदित्य जोशी, डा. मुकेश अधिकारी, डा. मोहित ओझा, डा. अनु आर्याल र डा. पविता ढुंगेल चयन भएका छन् ।

हेल्थ फाउण्डेसन नेपाल सन् २०१३ मा स्थापना भएको गैरनाफामूलक संस्था हो । फाउण्डेसनले नेपालमा ग्रामीण तथा सहरी क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा विपन्न समुदायसम्म स्वास्थ्य सेवा पुर्‍याउँदैं आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ