२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर

ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर


काठमाडौं—ह्याम्स अस्पताल व्यवस्थापनले नेपाली बजारमा क्युजे मोटर्स भित्र्याएको छ । चिनियाँ कम्पनी क्युजे मोटरका मोटरसाइकलको नेपाली आधिकारिक विक्रेताका रुपमा ह्याम्स हाइली एडभान्स मोटर्सले लगानी गरेको हो ।

क्युजेमा लगानीसँगै त्यसको ब्राण्ड एम्बास्डरका रुपमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन् । मंगलबार टेकुस्थित क्युजे मोटर नेपालको शोरुमा आयोजित एक कार्यक्रममाझ खड्कालाई ब्राण्ड एम्बास्डर घोषणा गरिएको हो ।

क्यूजे मोटर्सको उत्पादन सार्वजनिक तथा ब्रान्ड एम्बास्डर घोषणा कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारी र पारस खड्काको उपस्थिति थियो ।

ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारीले गुणस्तरीय अन्तर्राष्ट्रिय प्रिमियम मोटरसाइकल नेपाल भित्र्याउनका लागि क्युजे मोटरसँग सहकार्य भएको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ