२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन

स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औं तहमा बढुवा भएका ११ जना उच्च अधिकारीहरुको पदस्थापन गरेको छ । बिहीबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न अस्पतालहरुमा अधिकारीहरुको पदस्थापन गरेका हुन् ।

पदस्थापन हुनेहरुमा प्रमुख कन्सल्ट्यान्ट सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. जैनेन्द्र चौधरी र प्रमुख कन्सल्ट्यान्ट न्यूरो सर्जन डा. निलम खड्कालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक्स सर्जन डा. ओमप्रका अर्याल, प्रमुख कन्सल्ट्यान्ट अब्स÷गाइनोकोलोजिष्ट डा. विनोद सिंह र प्रमुख अस्पताल नर्सिङ प्रशासक मन्जु यादवलाई कोशी अस्पताल विराटनगरमा पदस्थापन गरिएको छ ।

यसैगरी, प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मालाई भेरी अस्पताल नेपालगन्ज, प्रमुख कन्सल्ट्यान्ट ईएनटी सर्जन डा. दीपेन्द्र गौतमलाई नारायणी अस्पताल वीरगन्ज, प्रमुख कन्सल्ट्यान्ट ईएनटी सर्जन डा. शैलेश विक पोखरेललाई भरतपुर अस्पताल चितवन पदस्थापन गरिएको छ ।

प्रमुख कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिष्ट डा. सुवास रेग्मी, प्रमुख कन्सल्ट्यान्ट अब्स÷गाइनोकोलोजिष्ट डा. रामनरेश पण्डितलाई परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली र प्रमुख अस्पताल नर्सिङ प्रशासक सरिता कार्कीलाई कान्ति बाल अस्पताल खटाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ