२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ

आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ


काठमाडौं—सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको ‘हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स)’ अस्पतालको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ रहेको पाइएको छ । सन् २०२३ मा ह्याम्सले १ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार गरेको उसको अडिट रिपोर्टमा देखिन्छन् ।

जुन गत आर्थिक वर्षभन्दा १६ करोड रुपैयाँ कम हो । सन् २०२२ मा ह्याम्सले १ अर्ब ५५ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा १ अर्ब ४३ करोड रुपैयाँ कारोबार गरेको ह्याम्सले सन् २०२० मा ६८ करोड रुपैयाँ कारोबार गरेको थियो ।

धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल सन् १९९८ मा स्थापना भएको हो । यो अस्पताल सन् २०२२ को जुलाईमा पब्लिक कम्पनीमा परिणत भएको थियो ।

१ सय शैय्याको मल्टीस्पेसियालिटी अस्पतालका रुपमा संचालित ह्याम्समा रामशरण भण्डारी र उनका पारिवारिक सदस्यहरु मेजर सेयरधनी छन् ।

२६ असोज २०८० मा ह्याम्सको साधारणसभाले ११ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको थियो । कम्पनी पब्लिक लिमिटेडमा गएपछि आयोजना गरिएको पहिलो साधारणसभाले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशत सेयर जारी गर्ने निर्णय गरेको थियो। बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुनेछ ।

अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ