२०८३ भदौ १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने

स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सबै निकायहरुलाई तीन बुँदे निर्देशन जारी गरेको छ । बिहीबार मन्त्रालयले जारी गरेको निर्देशनमा विपद् व्यवस्थापन नहुन्जेलसम्मका लागि विशेष कारण र अत्यावश्यक कामबाहेक विदा तथा काज स्वीकृत नगर्न भनिएको छ ।

यस्तै, खोज, उद्धार तथा उपचारमा तोकिएका फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई विदाका दिनमा समेत कार्यालयमा उपस्थित हुने र अन्य कर्मचारी सेवाका लागि तयार रहन भनिएको छ ।

मन्त्रालयले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले विदाका दिनमा समेत बाढी प्रभावित घाइतेहरुको उपचारका लागि सबै किसिमको व्यवस्था मिलाउन र विपद् प्रभावित क्षेत्रमा आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न भनेको छ ।

१० भदौंमा भोटेकोशीमा आएको भिषण बाढीबाट ठूलो धनजनको क्षति भएको छ । सयौं मानिसहरु उद्धारको पर्खाइमा छन् सयौं हराइरहेका छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ