२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ?

किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ?


मुसा एउटा सरुवा रोग हो । मुसा सामान्यतयाः शरीरको बाहिरी भागमा सानो—सानो मासुको डल्लो बढ्दै आउनु हो । मुसा आउँदा दुख्ने चिलाउने वा पोल्ने केही पनि हुँदैन् ।

मुसा भाइरसको संक्रमणले गर्दा आउने गर्दछ । यो ह्युमन प्यापिलोमा भाइरसले गर्दा हुने संक्रमण हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । मुसा धेरै प्रकारको हुन्छ । मुसा प्रायः हात, खुट्टा, अनुहार र घुँडा जहाँ पनि आउन सक्छ ।

मुसा किन आउँछ ?

मुसा एचपिभी भाइरसको संक्रमणले आउने रोग हो । जब एचपिभी भाइरस छालामा प्रवेश गर्छ । तब यसले छालालाई संक्रमण गर्छ र विस्तारै मुसाको स्वरुपमा आउँछ । विस्तारै यो फैलिदै जान पनि सक्छ र एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलिन्छ ।

मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ ?

  • मुसा भएको व्यक्तिको सम्पर्कमा आउनाले ।
  • मुसा आएको व्यक्तिले प्रयोग गरेको तौलिया वा अरु कुनै सामानको प्रयोग गर्नाले ।
  • मुसा आएको व्यक्तिसँग सम्बन्ध राख्दा ।

मुसा आएको कसरी पत्ता लगाइन्छ ?

मुसा शरीरको बाहिरी भाग छालामा आउँछ । मुसा बिना लक्षण छालामा सानो—सानो डल्लो आउने हुन्छ । केही हदसम्म मासुको डल्लो वृद्धि भएर त्यतिमा नै रोकिन्छ । उक्त डल्लोमा दुख्ने वा पोल्ने केही पनि हुँदैन् । अस्पताल गइसकेपछि सामान्यतयाः मुसालाई हेरेर नै चिकित्सकहरुले थाहा पाउन सक्छन् ।

मुसाको उपचार

जलाउने
मुसा कम छ । एक दुई वटा मात्र छ भने पोलेर फाल्न सकिन्छ । धेरै मुसा आएको छ भने पोलेर फाल्दा दाग बस्ने सम्भावना धेरै हुन्छ ।

औषधी दिने
मुसा धेरै प्रकारका हुन्छन् । मुसाको प्रकार हेरेर त्यहीअनुसारको औषधीहरु पनि दिइन्छ ।

खोप दिने
मुसा आएको व्यक्तिलाई मुसाको औषधी खोपको माध्यमबाट पनि दिइन्छ ।

इम्युनोथेरापी
काट्न वा पोल्न नमिल्ने ठाउँमा इम्युनोथेरापीको माध्यमबाट उपचार गरिन्छ ।

अटोइम्युनोथेरापी
मुसा धेरै आएको छ भने अटो इम्युनोथेरापीबाट हटाइन्छ ।

मुसाको रोकथाम

मुसा एउटा सरुवा रोग हो । यसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन मुसा भएका व्यक्तिहरुबाट टाढा रहन सकिन्छ ।

अरु व्यक्ति वा मुसा आएको व्यक्तिको कपडा वा अन्य वस्तुहरु प्रयोग गर्नु हुँदैन् । मुसा आएको व्यक्तिलाई नछुदा पनि मुसाबाट बच्न सकिन्छ । चिकित्सकको सल्लाहअनुसार एचपिभीको खोप लगाउनुहोस् ।

मुसाले हुन सक्ने जोखिमहरु के के हुन् ?

मुसा फरक—फरक क्यान्सरसँग जोडिएको छ । यसले क्यान्सर हुन सक्ने सम्भावना बढाउँछ ।

सामान्यतयाः मुसा दुख्दैन् । तर, खुट्टामा वा पैतालामा आयो भने खुट्टा टेक्दा वा हिँड्दा दुख्न सक्छ ।

मुसालाई आफै काटेर फाल्दा संक्रमण बढ्न सक्छ ।

उपचारपछि मुसा फर्किने सम्भावना कति रहन्छ ?

मुसा पूरै जलेर जरादेखि नै गयो भने फर्केर आउँदैन् । तर, मुसा आफै उत्पत्ति भएको होइन्, कहीँबाट सरेर आएको हो ।

उपचारपछि पनि फेरि अरुबाट स¥यो भने आउन सक्छ । मुसा आएको व्यक्ति वा भाइरसको संक्रमणबाट टाढा रहनुभयो भने मुसा फेरि आउँदैन् ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ