गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ गर्मीमा लाग्ने रोगहरुबाट बच्ने ११ उपाय गर्मीमा लाग्ने रोगहरुबाट बच्ने ११ उपाय डा. महेन्द्र अग्रहरी इन्टरनल मेडिसिन, भरतपुर अस्पताल सोमबार, २०८१ वैशाख १० गते, १३:५५ मा प्रकाशित हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मी याममा बढी बिरामी पर्ने गर्दछौं । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः भाइरल ज्वरो डेंगु ज्वरो रुघाखोकी निमोनिया झाडा बान्ता रोकथाम तथा बच्ने उपाय प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने खानपिनमा विशेष ध्यान दिने ताजा र सफा खानपिनमा जोड दिने साग सब्जीको बढी प्रयोग गर्ने सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने राति सुत्दा झुलको प्रयोग गर्ने सकेसम्म खाटमा सुत्ने घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने सरसफाइमा विशेष ध्यान दिने लामखुट्टेको टोकाइबाट जोगिने खाली खुट्टा नहिड्ने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले… छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? डा. श्रद्धा श्रेष्ठ : ‘शिशुमा देखिने जण्डिस सामान्य हो तर… महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार डा. किशोरराज प्रधानः किन बढी झिम्किन्छन् आँखा ? धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?